one
विज्ञापन

ब्राउन सुगर सहित जना ३ पक्राउ साथै गाँजा बोकेको स्कारपियो गाडी सहित ३ जना पक्राउ

विराटनगर, २०८३ वैशाख ६ गते ।
झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट ब्राउन सुगर सहित ३ जनालाई
पक्राउ गरिएको छ । वैशाख ५ गते झापाको इलाका प्रहरी कार्यालय झिलझिले
चेकजाँचको क्रममा शीवसताक्षी नगरपालिका–७ का गंगा बहादुर मगरलाई १३
ग्राम २०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय
भद्रपुरले बिर्तामोड नगरपालिका–३ का हरि प्रसाद राजवंशीलाई ३ ग्राम २०
मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका
प्रहरी कार्यालय सिजुवाले रतुवामाई नगरपालिका–७ का अमिल लिम्बुलाई ११०
मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरि सुनसरीको धरान उप–महानगरपालिका–१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध
गाँजा बोकेको स्कार्पियो गाडी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख
५ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको
क्रममा द्यच्१० एद्य २२४१ नम्वरको गाडीको सिट मुनी लुकाई छिपाई राखेको
अवस्थामा ५९ किलोग्राम गाँजा बरामद गरेको थियो । गाडीबाट लागूऔषध गाँजा
बरामद भए संगै चालक भारत सुपौलका सुवोध कुमार सहित गाडीमा सवार
रोहित कुमार र मोहम्मद जमशेरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको
छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन