one
विज्ञापन

क्लोथ फाउन्डेशनको यस पहलमा मातातीर्थ औसीको अवसरमा धरानमा रहेका आमाहरुलाई सम्मान

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । ज्येष्ठ नागरिक समाजका अभिन्न अंग हुन् । उहाँहरुबाट समाजले धेरै कुरा सिक्न सक्छ । त्यसमा पनि ‘आमा’ को भूमिका सन्तानका लागि महत्वपूर्ण हुन्छ । यसलाई मध्यनजर गरी क्लोथ फाउन्डेशन नेपाल धरानले समाजले भुल्नै नहुने आमालाई सम्मान गर्ने उद्देश्यले सम्मान गरेको छ ।

क्लोथ फाउन्डेशन नेपाल धरानले जेष्ठ नागरिक तथा अपांगता र विपन्नता भएका व्यक्तिहरूका लागि विगतदेखि नै केही न केही सहयोग गर्दै आएकोमा यस बर्ष भने मातातीर्थ औसीको अवसरमा धरानमा रहेका आमाहरुलाई सम्मान गरेर सराह्रनीय काम गरेको छ ।
सो अवसरमा७० जना भन्दा बढी आमाहरुलाई सम्मानसँगै साडी वितरण गरेको थियो ।
सो अवसरमा बोल्दै धरानमा समाजसेवी एवम् शिक्षाविद प्रा.डा. राजेन्द्र शर्माले आमाको महत्वका विषयमा बुझाउनु भएको थियो । उहाँले आमाले सन्तानप्रति खेलेको भूमिकाको चर्चा गर्दै थानकोटको मातातीर्थ तलाउ रहनुमा सन्तानले आमाप्रतिको गरेको माया, स्नेह र श्रद्धासँग जोडिएको बताउनुभयो ।

समय समयमा स्थानीय सरकारले समेत आमाप्रति सम्मान प्रकट गदै आइरहेको बेला एउटा सस्थाले समेत आमाप्रति गरेको श्रद्धा र सममानप्रति आयोजकलाई धन्यवाद दिएको छ । धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारी भट्टराईले आमाले सन्तानप्रति गरेको योगदानको विषयमा जति बोले पनि नपुग्ने बताउदै सन्तानबाट आमाहरु अपहेलित हुने प्रथाको अन्त्य गरिनुपर्ने बताउनुभयो ।

शारा फाउन्डेशनका अध्यक्ष .वीरेन्दसिंह थापाले हिन्दु सनातन धर्ममा दिदीभाईको सम्बन्ध, आमा छोराको समन्ध, माइती चेलीको सम्बन्धमा विषयमा चर्चा गरेर विशेष चाडपर्व नै मनाउने परम्परा रहेको जानकारी दिँदै माता तीर्थ औँसी अरु चाडपर्व भन्दा पनि अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले जन्मदिने आमालाई सम्मान गर्नुपर्छ भन्ने भावमा परम्पारगत रुपमा यो पर्व मनाउन थालिएको सन्दर्भलाई कोट्याउनुभयो ।

सो अवसरमा आमाहरुले आफूहरुप्रति गरेको सम्मानप्रति धन्यवाद दिएका थिए । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आएको क्लोथ फाउन्डेशनको यस पहलले आमाहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । फाउन्डेशनले स्थापना भएयता यो संस्थाले सामाजिक उत्तरदायित्वका विभिन्न कामहरु गर्दै आएको छ । यसले समाजप्रति सकारात्मक सन्देश समेत प्रवाह गरेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन