one
विज्ञापन

जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी (JRWS), BPKIHS, धरान “Best Wishes & Farewell Program” सम्पन्न

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) मा विद्यार्थी कल्याण परिषद् र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी (JRWS) को संयुक्त आयोजनामा स्नातकोत्तर तहका तेस्रो वर्षका MD/MS, MDS, MPH तथा MSc Nursing का विद्यार्थी तथा चिकित्सकहरूका लागि “Best Wishes & Farewell Program” भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा करिब २०० भन्दा बढी जुनियर रेजिडेन्टहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रममा बिदाइ तथा शुभकामना आदान–प्रदान गर्दै सहभागीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै, कार्यक्रमको सुरुवातदेखि अन्त्यसम्म सौहार्दपूर्ण वातावरणमा विभिन्न शैक्षिक, व्यावसायिक तथा भावनात्मक अनुभवहरू साझा गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सञ्जीव शर्माको प्रमुख आतिथ्य रहेको थियो। साथै शिक्षक कल्याणकारी समाजका अध्यक्ष डा. सिराज अहमद, दन्त विभागका स्नातकोत्तर संयोजक डा. अशोक ऐर, विद्यार्थी कल्याण समाजका अध्यक्ष नवराज देव, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष डा. मधुर बस्नेत, बायोकेमिस्ट्री विभागका प्रमुख डा. माधव लम्साल तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाध्यक्ष डा. सञ्जीव शर्माले जुनियर रेजिडेन्टहरूलाई चिकित्सा क्षेत्रको मेरुदण्ड तथा राष्ट्रको उज्ज्वल भविष्यका संवाहक भएको उल्लेख गर्दै उनीहरूको सफल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। साथै, यस्ता कार्यक्रमहरूले ज्ञान, अनुभव र आपसी सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो।
डा. सिराज अहमदले जुनियर रेजिडेन्टहरूले कठिन परिश्रम, लामो ड्युटी आवर तथा चुनौतीपूर्ण परिस्थितिहरू सामना गर्दै दक्ष विशेषज्ञ चिकित्सक बन्ने यात्रामा रहेको उल्लेख गर्दै उनीहरूको मानसिक स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
विद्यार्थी कल्याण समाजका अध्यक्ष नवराज देवले पहिलो पटक आयोजित यस PG Farewell कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै दीक्षान्त तथा अन्य शैक्षिक कार्यक्रमलाई संस्थागत रूपमा अगाडि बढाउने धारणा राख्नुभयो।
JRWS का संस्थापक अध्यक्ष डा. मधुर बस्नेतले JRWS ले विगतदेखि खेलेको भूमिकाको स्मरण गर्दै संस्थाको योगदानप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले JRWS लाई गैर-राजनीतिक, विद्यार्थी केन्द्रित संस्थाको रूपमा अझ सुदृढ रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
अन्य वक्ताहरूले पनि जुनियर रेजिडेन्टहरूको योगदान, शैक्षिक उत्कृष्टता, अनुसन्धान, क्लिनिकल एक्सपोजर, MoU तथा अवसरहरूको विस्तारबारे प्रकाश पार्दै JRWS ले यस्ता मञ्चमार्फत सबै JR हरूलाई एकत्रित गरी ज्ञान तथा अनुभव आदान–प्रदानको अवसर सिर्जना गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो।
कार्यक्रममा डा. पंकज गुप्ताको अकल्पनीय निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा JRWS का १३औँ कार्यकारिणी समितिका अध्यक्ष डा. विष्णु खरेल द्वारा Vote of Thanks प्रस्तुत गरिएको थियो। उहाँले आमाको माया, गुरुहरूको मार्गदर्शन र सिनियरहरूको प्रेरणाबाट जुनियर रेजिडेन्टहरू अघि बढ्ने भाव व्यक्त गर्दै सम्पूर्ण अतिथि, आयोजक, सहभागी, मिडिया पार्टनर, सुरक्षा कर्मी तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रम अन्त्यमा सामूहिक रात्रिभोजसहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन