one
विज्ञापन

हिबिस्कस इङलिस बोर्डिङ स्कुलले पाँचौँ संस्करणको ‘हिबिस्कस क्विज मेनिया’ आगामी पुस ९ र १० गते आयोजना गर्ने ........

Article Image
Article Image

धरान । अतिरिक्त क्रियाकलाप तथा गुणस्तरीय पठनपाठनमा छुट्टै पहिचान बनाउन सफल धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलले पाँचौँ संस्करणको ‘हिबिस्कस क्विज मेनिया’ आगामी पुस ९ र १० गते आयोजना गर्ने भएको छ । विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अन्तरविद्यालयस्तरीय बौद्धिक प्रतियोगितालाई यस वर्ष खुला राष्ट्रिय तथा प्रादेशिक स्वरूपमा विस्तार गरिने भएको हो । प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका बढी भन्दा बढी विद्यालयका विद्यार्थी टिम सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।

विद्यार्थीहरूमा विद्यालय तहदेखि नै सामान्य ज्ञान, बौद्धिक क्षमता र प्रतिस्पर्धात्मक परीक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको विद्यालयका प्रबन्ध निर्देशक तथा प्रतियोगिता सल्लाहकार गंगाराम कुलुङ (राई) ले बताउनुभयो उहाँका अनुसार सामुदायिक तथा निजी दुवै विद्यालयका विद्यार्थीलाई भविष्यमा सरकारी सेवामा प्रवेश गर्न आवश्यक पर्ने सामान्य ज्ञान र बौद्धिक परीक्षणमा अभ्यस्त गराउनु प्रतियोगिताको मुख्य उद्देश्य हो ।
उहाँले विद्यालय निजी क्षेत्रको संस्था भए पनि शैक्षिक विकास र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । सो अवसरमा उहाँले प्रत्येक सिजनमा विद्यालयको संख्या बढ्दै गएको बताउनुभयो ।

प्रतियोगिताका संयोजक तथा शिक्षक सुवास मोक्तानले विद्यार्थीलाई विद्यालय तहदेखि नै लोकसेवाको पहिलो चरणमा आवश्यक पर्ने सामान्य ज्ञान तथा बौद्धिक परीक्षणको अभ्यास गराउने उद्देश्यले पाठ्यक्रम निर्धारण गरिएको उनले बताउनुभयो । उहाँका अनुसार हाजिरीजवाफमा रुचि भएका जुनसुकै विद्यालयले पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

प्रतियोगिताको प्रश्नपत्रमा सौर्यमण्डल तथा भूगोल, इतिहास, नेपालको सामाजिक तथा आर्थिक अवस्था र शासनपद्धति, विज्ञान प्रविधि तथा वातावरण, अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक गतिविधि तथा बौद्धिक परीक्षणसम्बन्धी विषय समेटिनेछन् ।
प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । पहिलो दिन पुस ९ गते सहभागी विद्यालयका टिमबीच सामूहिक लिखित परीक्षा सञ्चालन गरी उत्कृष्ट अङ्क प्राप्त गर्ने छवटा टिम छनोट गरिनेछ । दोस्रो दिन पुस १० गते छनोट भएका टिमबीच विभिन्न रोचक चरण र बज्जर प्रतिस्पर्धासहित ग्रान्ड फिनाले आयोजना गरिने प्रतियोगिता सचिव तथा शिक्षक नयनराज राईले जानकारी दिनुभयो ।

प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन यस वर्ष फाइनलमा पुग्ने सबै छवटा टिमलाई नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ । प्रथम हुने टिमले २० हजार रुपैयाँसहित आकर्षक ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १५ हजार रुपैयाँ, पदक र प्रमाणपत्र पाउनेछ । त्यसैगरी तेस्रो हुने टिमलाई यस वर्ष पुरस्कार रकममा दुई हजार रुपैयाँ वृद्धि गरी १० हजार रुपैयाँ पु¥याइएको छ । चौथो, पाँचौँ र छैटौँ हुने टिमले क्रमशः ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विगतका चार संस्करणमा विद्यालयहरूको सहभागिता क्रमशः बढ्दै गएको तथ्याङ्कले पनि प्रतियोगिताको लोकप्रियता विस्तार हुँदै गएको देखाउँछ । पहिलो संस्करण २०७९ मा ३२ विद्यालय सहभागी भएका थिए भने दोस्रो संस्करण २०८० मा ३१, तेस्रो संस्करण २०८१ मा ४२ र चौथो संस्करण २०८२ मा ४५ विद्यालय सहभागी भएका थिए । पहिलो संस्करणको विजेता हिबिस्कस स्कुल बनेको थियो भने दोस्रोमा नेपाल पुलिस स्कुल धरान, तेस्रोमा मोरङको साजिलाल माध्यमिक विद्यालय र चौथोमा पुनः हिबिस्कस स्कुल च्याम्पियन बनेका थिए ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
2
विज्ञापन
4
विज्ञापन