धरान । सनातन धर्म, वैदिक संस्कृति र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै श्रीमुक्तिनाथ धामबाट सुरु भएको मेची–महाकाली श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा धरान आइपुगेको छ । श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई स्तरोन्नति गरी वैदिक विश्वविद्यालय स्थापना गर्ने तथा नवलपरासीको त्रिवेणीधाममा २०८३ मंसिर १ देखि २९ गतेसम्म आयोजना हुने विराट महायज्ञबारे जनचेतना फैलाउने उद्देश्यले रथयात्रा सञ्चालन गरिएको हो ।
परमश्रद्धेय श्रीमुक्तिनाथबाबाको पावन संकल्पमा सुरु भएको रथयात्रालाई धरानमा धार्मिक संघसंस्था, सामाजिक अगुवा, जनप्रतिनिधि, व्यवसायी तथा भक्तजनहरूले बाजागाजासहित स्वागत गरेका छन् । रथमा श्रीदेवी र भूदेवीसहित भगवान् श्रीमुक्तिनाथलाई विराजमान गराइएको छ । धरान आइपुगेको रथको दर्शन तथा पूजाअर्चना गर्न भक्तजनहरूको सहभागिता रहेको थियो ।
रथयात्राको प्रमुख उद्देश्य नवलपरासीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा सञ्चालित श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई स्तरोन्नति गर्दै श्रीगजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्नु रहेको धार्मिक विद्वान् तथा अभियन्ता सुदर्शन प्रपनाचार्यले बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालय स्थापनाको संकल्पलाई साकार पार्ने उद्देश्यले आगामी मंसिरमा एक महिनासम्म श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आयोजना गर्न लागिएको छ ।
प्रपनाचार्यले रथयात्रामार्फत महायज्ञको सन्देश देशभर पु¥याउनुका साथै वैदिक शिक्षा र संस्कृतिको संरक्षणमा जनसहभागिता जुटाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले यो रथयात्रा त्रिवेणीधाममा पुगेपछि सोही दिन त्रिवेणीधाममा विराट महायज्ञ आयोजना हुने बताउदै संस्कृत विश्वविद्यालय र वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ एक महिना लामो महायज्ञ हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसको पूर्वसन्ध्यामा भगवान् मुक्तिनाथलाई श्रीदेवी र भूदेवीसहित रथमा विराजमान गराएर भक्तजनहरूको घरदैलोमा पु¥याइएको छ ।
धरानमा रथयात्राको स्वागत गर्दै धार्मिक अभियन्ता रामस्वरुप शर्माले यसले सनातन धर्मको संरक्षणसँगै समाजमा आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार निर्धारित समयभन्दा केही ढिलो गरी रथ धरान आइपुगेको हो ।
शर्माले धरानवासीका तर्फबाट रथयात्रालाई भव्य स्वागत गरिएको उल्लेख गर्दै मेचीदेखि महाकालीसम्म सञ्चालन हुने यस अभियानले धार्मिक तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले रथयात्रालाई सफलतापूर्वक गन्तव्यसम्म पु¥याउन सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।
विजयपुर आध्यात्मिक मञ्च धरानका अध्यक्ष पितरुमल अग्रवालका अनुसार मुक्तिनाथ धामबाट सुरु भएको रथयात्रा चौथो दिन धरान आइपुगेको हो । धरानमा भानुचोक हुँदै पुरानो बजारलगायतका क्षेत्र परिक्रमा गराएर रथलाई बिदाइ गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । रथयात्रा आगामी कात्तिक २५ गते त्रिवेणीधाम पुगेर विश्राम गर्ने उहाँले बताउनुभयो ।
त्रिवेणीधाममा आयोजना हुने विराट महायज्ञमार्फत वैदिक शिक्षा, धार्मिक संस्कृति र आध्यात्मिक चेतनाको प्रवद्र्धन गर्ने आयोजकको लक्ष्य छ । महायज्ञले श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विश्वविद्यालयका रूपमा विकास गर्ने अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ धामबाट सुरु भएको रथयात्राले विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक सद्भावको सन्देश प्रवाह गर्दै वैदिक विश्वविद्यालय स्थापनाको अभियानलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखेको छ । धरानमा भएको स्वागतले धार्मिक आस्था, सांस्कृतिक संरक्षण र राष्ट्रिय एकताको सन्देशलाई थप बल पु¥याएको सहभागीहरूको भनाइ छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।