one
विज्ञापन

अपांग पुर्नस्थापन तथा असहाय सेवा केन्द्रको १०९औं राहत तथा सहयोग सामग्री वितरण, र क्लोथ फाउन्डेशन धरानले पनि लत्ताकपडा वितरण ........

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान–१९ स्थित अपांग तथा असहाय तथा पुर्नस्थापन केन्द्रले स्थापना भएयता विपन्न, अपांग तथा लक्षित वर्गका नागरिकलाई निरन्तर सहयोग गर्दै आएकोमा हालसम्म १०९ पटक विभिन्न राहत तथा सहयोग सामग्री वितरण गरिसकेको जनाएको छ ।

केन्द्रले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै दीर्घरोगीलाई निःशुल्क उपचार तथा औषधि वितरण गर्दै आएको छ । त्यसैगरी लक्षित वर्गका विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसरसँगै शैक्षिक सामग्री प्रदान गर्ने, महिलालाई सिलाइ–बुनाइ तालिम सञ्चालन गरी स्वरोजगार बनाउन प्रेरित गर्ने लगायतका सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
केन्द्रले हालै सम्पन्न गरेको १०९औँ सहयोग वितरण कार्यक्रम अन्तर्गत २० विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय अध्ययनरत तीन जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । यस अवसरमा क्लोथ फाउन्डेशन धरानले पनि लत्ताकपडा उपलब्ध गराउँदै कार्यक्रमलाई सहयोग गरेको थियो ।
केन्द्रका अनुसार धरानका उद्योगी तथा समाजसेवी अशोक अग्रवालले विगतदेखि नै खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आउनुभएको छ । उहाँसँगै विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा सहयोगी व्यक्तिहरूले पनि पुनस्र्थापनामूलक कार्यक्रममार्फत लक्षित वर्गलाई निरन्तर साथ दिँदै आएका छन् ।
सो अवसरमा व्यवसायी अशोक अग्रवालले आफूले आर्जन गरेको सम्पत्तिलाई केवल सञ्चित गरेर राख्नुभन्दा अपांग, गरिब तथा असहाय नागरिकसँग बाँड्नु नै जीवनको सबैभन्दा ठूलो सन्तुष्टि भएको बताउनुभयो । उहाँले आफ्नो सानो सहयोगले पनि कसैको घरमा चुल्हो बल्ने, कठिन समयमा परिवारलाई राहत पुग्ने भएकाले आफू बाँचुन्जेल यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजसेवी डा. गीता खड्काले केन्द्रले लक्षित वर्गका लागि गर्दै आएको सेवा अत्यन्त प्रशंसनीय रहेको बताउँदै अशोक अग्रवालजस्ता सहयोगी दाताकै कारण यस्ता मानवीय अभियान सफल बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले केन्द्र र सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यसैगरी इलाका प्रशासन कार्यालय धरानका प्रमुख फणिन्द्र दाहालले अपांग तथा असहाय केन्द्रले समाजमा उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्दै यस्ता सेवामूलक संस्थालाई आवश्यक सहयोग गर्न प्रशासन सदैव सकारात्मक रहने बताउनुभयो ।

विगतदेखि नै अपांग तथा असहाय नागरिकको जीवनस्तर उकास्न विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको यस केन्द्रसँग पछिल्लो समय क्लोथ फाउन्डेशन धरान पनि सहकार्यमा जोडिएको छ । सानो–सानो सहयोगले पनि विपन्न परिवारको दैनिकी सहज बनाउन सकिने विश्वासका साथ सञ्चालन हुँदै आएको केन्द्रको अभियानप्रति स्थानीय समुदायले खुलेर प्रशंसा गरेका छन् । केन्द्रले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, स्वरोजगार र पुनस्र्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन