विराटनगर,
मनमोहन प्राविधिक विश्वविद्यालयको सहकुलपति तथा कोशी प्रदेशको समाजिक विकास मन्त्री गीता तिम्सिनाले प्रदेशको शैक्षिक क्रान्तिलाई अगाडी बढाउन सरकारले निरन्तर सहयोग गर्ने बताउनुभएको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयको आइतवार अवलोकन भ्रमण गर्दै सहकुलपति समेत रहनु भएका मन्त्री तिम्सिनाले कोशीका विद्यार्थीहरुलाई प्राथमिकता दिएर उच्च प्राविधिक अध्यन अनुसन्धान गराउने कार्य शैक्षिक क्रान्ति भएकोले स्तरोन्नती गराउन सरकारले निरन्तर सहयोग गरिरहने बताउनु भएको हो ।
मन्त्रालयका सचिव बिष्णुप्रसाद कोइराला सहित कोशी प्रदेशको गौरवका रुपमा रहेको देशकै पहिलो मनमोहन प््राविधिक विश्वविद्यालयलाई पुर्ण रुपमा स्तरोन्नी गराएर देश विदेशमा चिनाउनु प्रदेश सरकारको पनि कर्तब्य भएको मन्त्री तिम्सिनाले बताउनुभयो । उहाँले मनमोहनले प्रदेशका उद्योग व्यवसाय र भुगोलका लागि आत्मनिर्भर प्राविधिक जनशक्त्ति उत्पादनमा अझै प्राथमिकता दिनुपर्नेमा जोड दिदै थप भौतिक संरचना र विज्ञ जनशक्त्तिको विकासका लागि प्रदेश सरकारले चासो दिइरहेको जानकारी गराउनुभयो । मन्त्री तिम्सिनाले भन्नुभयो , ‘छोटो समयमै देशमा चिनिएर गुणस्तरिय प्राविधिक शिक्षा दिन सफल भैरहेको मनमोहन विश्वविद्यालयलाई अब अन्तराष्ट्रिय स्तरमा पनि चिनिने बनाउनु पर्छ यसका लागि सरकार सधै साथमा रहनेछ ।’
मन्त्रालयका सचिव बिष्णुप्रसाद कोइरालाले सफल रुपमा सञ्चालन भैरहेको मनमोहन विश्वविद्यालयलाई सरकारले आफै आत्मनिर्भर बनाउने तर्फ सोच अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले चाँडै अस्पताल हस्तान्तरण गराएर मेडिकल तर्फका शैक्षिक कार्यक्रमहरु सञ्चालन गराउन प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराउनु भयो ।
विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले सञ्चालनमा भएका शैक्षिक कार्यक्रमहरुको प्रगती , समस्या र चुनौतीहरुबारे मन्त्री तिम्सिनालाई जानकारी गराउनुभयो । उहाँले चाँडै डिजिटल लाईब्रेरी र विज्ञ प्राध्यापकहरुका लागि शिक्षक केन्द्र स्थापना गर्न लागेको, बीटेक ईन्जिनियरिङ र विएस्सी नर्सिङ सहित दुई बिषयमा पिएचडी कार्यक्रमहरु सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो । देशलाई अति आवश्यक प्राविधिक जनशक्त्ति उत्पादन गर्नका लागि प्रदेश सरकारले एक पटक मन्त्रालय सरह प्राथमिकता दिएर बजेट विनियोजन गराएमा संरचनाहरुको निर्माण पुर्ण जानकारी गराउनु भयो । मन्त्री तिम्सिनालाई उपकुलपतिले आग्रह गर्दै भन्नुभयो ‘मन्त्री ज्यू बजेटको सिमितताले घस्रिरहेको विश्वविद्यालय एकपटक प्राथमिकता साथ बजेट पाए भ्यागुतो जस्तै उफ्रेर आफनो लक्ष्य भेटाउन सफल हुनेथियो ।« ’
कोशी प््रदेश सरकारले स्थापना गरेर सञ्चालन गरिरहेको मनमोहन प्राविधिक विश्वविद्यालयको पहिलो पटक अवलोकन भ्रमण गर्नुभएका समाजिक विकास मन्त्री तथा सहकुलपति तिम्सिनालाई उपकुलपति डा सुवासश्री पोखरेल , आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका प्राचार्य ईन्जिनियर सुदिप अधिकारी सहित केन्द्रिय कार्यालय र विभागीय अधिकारी र शिक्षकहरुले स्वागत गर्दै प्रयोगशाला र भौतिक संरचनाहरुको भ्रमण गराएका थिए ।
२०७६ सालमा स्थापना भएको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले हाल ईन्जिनियरिङ, कानुन , फार्मेसी र अस्पताल व्यवस्थापनमा स्नातक र स्नातोकोत्तर तहका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । यसैगरि आंगिक शिक्षालय मनमोहन पोलिटेक्निक मार्फत विभिन्न आठ वटा विषयमा तीन बर्षे डिप्लोमा ईन्जिनियरिङ बिषयको पढाई पनि सञ्चालन गराइरहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।