one
विज्ञापन

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।

चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । प्रजिअ परियारले ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशी÷त्रिशूली नदी प्रणालीमा गाभिन्छन् । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो । सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो । पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले समेत तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरिसकेको छ । विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रका अझै सयौँ मानिस बेपत्ता छन् । चीन–नेपाल सीमामा पहिरोपछि थुप्रिएको अत्यधिक भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू गइरहेको क्षेत्रतर्फ पानी बग्न थालेको चिनियाँ सरकारी प्रसारक संस्था सीसीटीभीले जनाएको छ । ‘सबै उद्धार टोलीहरूलाई सुरक्षित स्थानमा तयारी अवस्थामा (स्ट्यान्डबाई) रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन