one
विज्ञापन

हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरे.........

Article Image
Article Image
Article Image

हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले मतदान गरेका थिए भने नेपाली कांग्रेसका सांसदहरूले विपक्षमा मतदान गरे। कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद छन् । प्रदेशसभा बैठकमा भएको मतदानमा उनको पक्षमा ५७ मत र विपक्षमा २२ मत परेको हो। राप्रपाका सांसदहरू भने मतदानमा तटस्थ बसे। राप्रपाका सभामुखसहित पाँच सदस्य छन्। जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बु बैठकमा अनुपस्थित रहिन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा एक जनाले राजीनामा दिएपछि हाल ९२ सदस्य छन्। सोमबारको बैठकमा भने ८३ जना सांसद उपस्थित थिए। यससँगै मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट सरकार सञ्चालनका लागि आवश्यक विश्वासको मत प्राप्त गरेका छन्।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन