one
विज्ञापन

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

इटहरी,
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ इटहरीस्थित ¥याडिसन होटलमा सम्पन्न भएको छ । ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो । महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नुपर्ने बताउनुभयो। बीमा योजना बिक्री गर्दा त्यसका सुविधा, शर्त, जोखिम र दायित्वबारे बीमितलाई स्पष्ट जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो।

बीमा क्षेत्रमा देखिँदै आएको ‘मिसेलिङ’ समस्या न्यूनीकरणमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले गलत, अपूर्ण वा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गर्नुभयो। अभिकर्ता बीमा कम्पनीको प्रतिनिधिका साथै कम्पनीको ब्रान्ड एम्बेसडरसमेत भएकाले उनीहरूको व्यवहारले कम्पनीको प्रतिष्ठा र समग्र बीमा क्षेत्रप्रतिको जनविश्वासमा प्रभाव पार्ने उहाँले बताउनुभयो।

उहाँले अभिकर्ता आचारसंहिताको पूर्ण पालना गर्दै पेशागत मर्यादा, पारदर्शिता र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। बीमा गराएपछि पनि बीमितलाई आवश्यक सेवा, बीमालेखसम्बन्धी जानकारी तथा दाबी प्रक्रियामा सहजीकरण गर्नु अभिकर्ताको महत्वपूर्ण दायित्व रहेको उहाँले बताउनुभयो। कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका पदाधिकारी तथा विभिन्न तहका बीमा अभिकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा अभिकर्ताहरूको उत्प्रेरणा, पेशागत क्षमता अभिवृद्धि तथा बीमा व्यवसायलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन