तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा इन्डिपेन्डेन्ट मदर्स अफ नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरूले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै विभिन्न नाराबाजी गरेका थिए । ‘बलात्कारीलाई फाँसी दे’लगायतका नारा लगाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।
सहभागीहरूले माइतीघर मण्डलादेखि जिल्ला अदालत, बबरमहलसम्म ¥यालीसमेत निकालेका थिए । ¥यालीमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।