one
विज्ञापन

‘चुपचाप सरकार कहाँ छ ? ’.......कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री यामलाल कँडेल

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री यामलाल कँडेलले ‘चुपचाप सरकार कहाँ छ ? ’ भन्दै नयाँ सरकारको कार्यशैलीप्रति व्यंग्य गरेका छन् । आज प्रदेश स्थापना दिवसका अवसरमा बोल्दै उनले सरकारको उपस्थिति, जेन–जी आन्दोलनमा सुरक्षा व्यवस्थापन र शासन सञ्चालनको शैलीप्रति व्यंग्य गरेका हुन् । उनले ‘चुपचाप सरकार भन्दै अहिलेको अवस्थामा सरकारको उपस्थिति प्रभावकारी हुनु नसकेकेो उनको भनाइ थियो ।
संघीय सरकारका प्रतिनिधिबाट प्रदेशका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई थुन्ने, घेराबन्दी गर्ने वा नियन्त्रणमा लिने खालका अभिव्यक्ति आउनु लोकतान्त्रिक व्यवस्थाका लागि उचित नभएको उनले बताए । यस्ता गतिविधिले संविधान र संघीयताको मर्ममाथि नै प्रश्न उठाउने कँडेलको भनाइ थियो । पत्रकारलाई सत्यतथ्य लेख्न खुट्टा नकमाउन उनको आग्रह थियो । उनले आलोचना गरेकै आधारमा जेल जानुपर्ने अवस्था सिर्जना हुनु प्रेस स्वतन्त्रताका लागि गम्भीर चुनौती भएको बताए । कर्णालीका समस्या समाधान गर्न सरकार, प्रतिपक्ष, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कँडेलले संविधानको संरक्षण र विकास निर्माणलाई गति दिन सबैले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन