धरान । एलपी ग्याँस अभावका कारण सर्वसाधारणको दिनचर्या नै समस्या परेको छ । ग्याँस अभावका चुल्हो बाल्न कठिन हुदा विहान बेलुकाको छाक टार्न धौ धौ पर्ने गरेको छ । एक हप्तासम्म ग्याँसका लागि पालोमा कुर्नुपर्ने सर्वसाधारणहरु ग्याँस समयमै नपाउँदा हैरानी खेप्नु परेको छ ।
बिहानको झिसमिसे उज्यालोसँगै धरानका विभिन्न ग्यास डिलर अगाडि मानिसहरूको भीड देखिन्छ । कसैको हातमा खाली सिलिन्डर छ, कसैको आँखामा पालो आउने आशा । तर त्यो आशा धेरैका लागि एकै दिनमा पूरा हुँदैन । एउटा खाना पकाउने ग्यास सिलिन्डरका लागि उपभोक्ताले दिनौंसम्म पालो कुर्नुपरेको छ । कतिपयले त एक हप्तासम्म लाइनमा बसेपछि मात्रै ग्यास पाएका छन् ।
ग्यास अभावले धरानका हजारौं घरपरिवारको दैनिकी प्रभावित बनेको छ । बिहान–बेलुकाको खाना पकाउने सामान्य कामसमेत अनिश्चित बनेपछि सर्वसाधारणको चिन्ता थपिएको छ । बजारमा पर्याप्त ग्यास नआउँदा डिलरमा लामो लाइन लाग्ने, घण्टौं पालो कुर्ने र रित्तो हात घर फर्किनुपर्ने अवस्था दोहोरिन थालेको छ ।
उपभोक्ता श्याम गुरुङका अनुसार अन्य ग्यास भन्दा प्रिमाले भने समयमै आफूहरुलाई ग्याँस दिने गरेको बताउनुभयो । शुरुमा आफूले पनि ग्याँस पाउन कठिन भएको समयमा अहिले भने प्रिमाले ग्यास उपलब्ध गराएको बताउनुभयो ।
गुरुङको भनाई यस्तो भएपनि धेरै उपभोक्ताहरुलाई भने ग्यास पाउनु भाग्यको कुरा जस्तै भएको गुनासो पोख्ने गरेका छन् । ग्यासका लागि पटक–पटक डिलर धाउनुपरेको र करिब एक सातासम्म लाइनमा बसेपछि मात्रै सिलिन्डर प्राप्त भएको उनीहरुको गुनासो छ ।
गृहणी रोशनी गुरुङले घरमा साना बालबालिका र परिवारका सदस्यका लागि समयमै खाना पकाउन नसक्दा ठूलो समस्या भइरहेको बताउनुभयो । उहाँले एलपी ग्याँसकालागि एक हप्ता अगाडि पालोमा बस्दा समेत ग्याँस नपाइएको गुनासो पोख्नुभयो ।
उपभोक्ताको गुनासो बढिरहेका बेला डिलर पक्षले भने आफूहरू पनि समस्यामा परेको बताएको छ । कामाख्य ग्यास डिलरका प्रतिनिधि बिक्की सहिनीका अनुसार उद्योगबाट पर्याप्त परिमाणमा ग्यास आपूर्ति हुन नसक्दा मागअनुसार वितरण गर्न सम्भव भएको छैन । कृत्रिम अभाव नभई सीमित परिमाणमा आएको ग्यासलाई पालोका आधारमा वितरण गरिएको उहाँको भनाइ छ ।
धरानमा देखिएको यो अवस्था केवल ग्यास अभावको समस्या मात्र होइन, आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ । खाना पकाउने आधारभूत इन्धन सहज रूपमा उपलब्ध नहुँदा परिवारको दैनिकी अस्तव्यस्त भएको छ भने वैकल्पिक इन्धनको प्रयोग गर्न पनि धेरै परिवार आर्थिक रूपमा सक्षम छैनन् ।
उपभोक्ताले सम्बन्धित उद्योग, नेपाल आयल निगम, स्थानीय प्रशासन तथा सरोकारवाला निकायले तत्काल पहल गरी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । अन्यथा, एउटा ग्यास सिलिन्डरका लागि सात दिनसम्म लाइनमा बस्नुपर्ने बाध्यता अझ लम्बिने र त्यसको प्रत्यक्ष असर सर्वसाधारणको जनजीवनमा पर्ने निश्चित देखिन्छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।