one
विज्ञापन

विराटनगरका पेट्रोल पम्पमा छड्के अनुगमन, नोजलमै भेटियो परिमाणको कैफियत...

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

विराटनगरमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूमा गरिएको छड्के अनुगमनका क्रममा पेट्रोलियम पदार्थ बिक्री गर्ने नोजलमै कैफियत भेटिएको छ। नापतौल तथा गुणस्तर विभागले गरेको अनुगमन तथा परीक्षणका क्रममा केही पम्पमा उपभोक्ताले खरिद गर्ने पेट्रोलियम पदार्थको परिमाणमा फरक देखिएको हो।
विभागको टोलीले विराटनगरका बाहुल ट्रेडर्स, ऐश्वर्या सप्लायर्स एण्ड ट्रेडर्स र पूर्वाञ्चल आयल सप्लायर्समा पुगेर पेट्रोल तथा डिजेलको परिमाण परीक्षण गरेको थियो। परीक्षणका क्रममा केही नोजलबाट तोकिएको परिमाणअनुसार पेट्रोलियम पदार्थ प्रवाह नभएको विभागले जनाएको छ।
विशेषगरी पूर्वाञ्चल आयल सप्लायर्समा गरिएको परीक्षणमा पेट्रोल र डिजेल दुवैको परिमाणमा फरक भेटिएको हो। विभागका अनुसार पाँच लिटर पेट्रोलको परीक्षण गर्दा ११ रुपैयाँ ८६ पैसा बराबरको कैफियत देखिएको थियो। त्यस्तै, पाँच लिटर डिजेलको परीक्षण गर्दा १९ रुपैयाँ बराबरको फरक पाइएको विभागले जनाएको छ। पेट्रोल पम्पमा प्रयोग भइरहेका नोजलबाट उपभोक्ताले तिरेको रकमअनुसारको परिमाण प्राप्त गरिरहेका छन् कि छैनन् भन्ने विषयमा विभागले परीक्षण गरेको थियो। अनुगमनका क्रममा कैफियत देखिएपछि सम्बन्धित नोजलहरू तत्कालै सिल गरिएको छ।
नापतौल तथा गुणस्तर विभागकी निरीक्षक मनिषा राईका अनुसार कैफियत देखिएका नोजललाई सिल गरेर थप अनुसन्धानको प्रक्रिया अघि बढाइनेछ। अनुसन्धानबाट कमजोरी पुष्टि भएमा सम्बन्धित पम्प सञ्चालकविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने उनले बताइन्।
पेट्रोलियम पदार्थजस्तो दैनिक उपभोगसँग प्रत्यक्ष जोडिएको वस्तुको बिक्रीमा परिमाणमा हुने सानो अन्तरले पनि उपभोक्तालाई प्रत्यक्ष असर पार्न सक्छ। त्यसैले पम्पमा प्रयोग हुने नोजलको नियमित परीक्षण र अनुगमनलाई विभागले प्राथमिकतामा राखेको जनाएको छ।
विभागले उपभोक्ताले पैसा तिरेअनुसार सही परिमाणमा पेट्रोलियम पदार्थ पाउने वातावरण सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ। पछिल्लो अनुगमनबाट देखिएका कैफियतबारे थप अनुसन्धान गरिने र दोषी देखिएका व्यवसायीमाथि कानुनी प्रक्रिया अघि बढाइने विभागको भनाइ छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन