नागपञ्चमी साउन शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइने नाग तथा सर्पको पूजा गर्ने धार्मिक पर्व हो। नेपालसहित हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू बसोबास गर्ने विभिन्न स्थानमा यो पर्व श्रद्धा र विश्वासका साथ मनाइन्छ।
यस दिन अष्टनागको पूजा गर्नुका साथै भगवान् शिवको आराधना गरिन्छ। नागको प्रतिमा वा चित्रमा दूध, फूल तथा अन्य सामग्री अर्पण गरी परिवारको सुख, शान्ति र कल्याणको कामना गर्ने परम्परा छ।
नागपञ्चमीसँग महाभारतको कथासमेत जोडिएको छ। राजा जनमेजयले आफ्ना पिता परीक्षितको मृत्युको बदला लिन सर्प यज्ञ गरेका थिए। ऋषि आस्तिकले हस्तक्षेप गरेपछि उक्त यज्ञ रोकिएको र साउन शुक्ल पञ्चमीकै दिन यज्ञ रोकिएको मान्यताका आधारमा नागपञ्चमी मनाउन थालिएको धार्मिक विश्वास छ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।