धरान । धरान–१५, पाथिभरा लाइनस्थित जीवन विज्ञान ज्येष्ठ नागरिक जीवन योग प्रयोगशालाको प्रांगरणमा एक वर्षको यात्राको उत्सव केवल औपचारिक वार्षिकोत्सवमा सीमित रहेन । त्यहाँ उपस्थित ज्येष्ठ नागरिकहरूको अनुहारमा झल्किएको उत्साह, साधकहरूको अनुभव र योग–ध्यानप्रतिको विश्वासले स्वास्थ्य, मानसिक सन्तुलन र सकारात्मक जीवनशैलीको एउटा सशक्त कथा प्रस्तुत ग¥यो ।
श्रद्धेय भानु गुरुदेव तथा श्रद्धेय रमेश गुरुदेवको आध्यात्मिक मार्गदर्शनबाट सञ्चालित जीवन विज्ञान अभियानअन्तर्गत स्थापना भएको उक्त प्रयोगशालाले एक वर्षको अवधिमा विशेषगरी ज्येष्ठ नागरिकहरूलाई नियमित ऊर्जा ध्यान र जीवन योगमार्फत शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्य प्रवद्र्धनमा केन्द्रित गर्दै आएको छ । यही यात्राको पहिलो वार्षिकोत्सव स्थानीय सर्वसाधारण, उद्योगी–व्यवसायी, बुद्धिजीवी, समाजका अगुवा व्यक्तित्व, जनप्रतिनिधि तथा ठूलो संख्यामा ज्येष्ठ नागरिक साधकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भयो ।
उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश इवारमले प्रयोगशालाले नागरिकहरूमा नयाँ ऊर्जा, अनुशासन र सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो । उहाँले स्वस्थ, सभ्य र शान्त समाज निर्माणमा यस्ता अभियानले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।
कार्यक्रमको सबैभन्दा भावुक र प्रेरणादायी पक्ष भने सहभागी साधकहरूको अनुभव रह्यो । नियमित ऊर्जा ध्यान र योग अभ्यासले वर्षौंदेखिका स्वास्थ्य समस्या कम भएको, औषधिको आवश्यकता घटेको, मानसिक तनाव कम हुँदै जीवनप्रति नयाँ उत्साह जागेको मात्र होइन, कसैले उच्च रक्तचाप र जोर्नी दुखाइमा सुधार आएको बताएका थिए ।
कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले आधुनिक जीवनशैलीका कारण बढ्दो मानसिक तनाव, अनिद्रा र दीर्घरोगको चुनौतीका बीच योग र ध्यानलाई स्वस्थ जीवनको प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गर्नुभयो । उहााले जीवन विज्ञानले समाजमा स्वास्थ्य र सकारात्मक सोच विस्तार गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रम प्रदेशभर विस्तार हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक तथा सहजकर्ताहरूले पूर्ण आरोग्यका लागि ऊर्जा ध्यानको महत्वबारे प्रकाश पार्दै शारीरिक तन्दुरुस्ती, मानसिक एकाग्रता र आध्यात्मिक सन्तुलन प्राप्त गर्न नियमित साधनाको आवश्यकता रहेको बताएका थिए।
धरान–१५ मा सम्पन्न यो प्रथम वार्षिकोत्सवले एउटा सन्देश स्पष्ट रूपमा दिएको छ–योग र ध्यान केवल शारीरिक अभ्यास होइन, स्वस्थ शरीर, शान्त मन र सकारात्मक समाज निर्माण गर्ने जीवनशैली हो । सहभागीहरूको अनुभूति, जनप्रतिनिधिहरूको प्रतिबद्धता र समुदायको उत्साहले जीवन विज्ञान अभियानलाई स्थानीय तहमा सामाजिक रूपान्तरणको एउटा प्रभावकारी पहलका रूपमा स्थापित गरेको देखिन्छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।