one
विज्ञापन

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा, कोशी प्रदेशमा सेवा विस्तार गरिने उद्देश्य सहितको प्यालियेटिभ एन्ड हस्पिस केयर सम्बन्धी कार्यशाला शुरु

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा, कोशी प्रदेशमा सेवा विस्तार गरिने उद्देश्य सहितको प्यालियेटिभ एन्ड हस्पिस केयर सम्बन्धी कार्यशाला शुरु वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा "इन्टिग्रेटेड प्यालियेटिभ एन्ड हस्पिस केयर एसेन्सियल्स कार्यशाला" (Integrated Palliative & Hospice Care Essentials Workshop) आज सोमबारदेखि औपचारिकरूपमा सुरु भएको छ । आजदेखि ५ दिनसम्म चल्ने उक्त कार्याशाला कोशी प्रदेशमा असाध्य तथा दीर्घरोगीहरूका लागि दिइने प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) को पहुँच र विस्तारका लागि एकविकास परियोजनाका रूपमा आयोजना गरिएको हो । नेपाल हस्पिस केयर सेन्टरको आयोजना, BPKIHS स्टुडेन्ट्स अन्कोलोजी विङको संयोजन तथा टु वर्ल्ड्स क्यान्सर कोल्याबोरेसन (क्यानडा), रोटरी इन्टरनेसनल, रोटरी क्लब अफ काठमाडौँ/काष्ठमण्डप, वी.पी. कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय (कोशी प्रदेश) र धरान उपमहानगरपालिकाको सहयोगमा यो कार्यशाला सञ्चालन भइरहेको छ । प्रतिष्ठानको अडिटाेरियममा आज सम्पन्न समुद्घाटन सत्रको सुरूवातमा इन्टर्नल मेडिसिन विभागका प्रमुख प्रा.डा. रोबिन मास्केले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमकी संयोजक तथा मेडिकल अन्कोलोजी युनिटकी इन्चार्ज, मेडिकल अन्कोलोजिस्ट डा. सोनिया दुलालले कार्यशालाको उद्देश्य तथा रूपरेखा प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी डा. विष्णु श्रेष्ठले प्यालियेटिभ तथा हस्पिस केयरको समग्र अवधारणाबारे प्रकाश पार्नुभएको थियो । तत्पश्चात् प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृती कार्कीज्यूले पानसमा बत्ती बालेर कार्यक्रको अाैपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो । उक्त उद्घाटन कार्यक्रममा प्रतिष्ठानका तर्फबाट निमित्त अस्पताल प्रमुख डा. इन्द्र कुमार लिम्बू, निवर्तमान उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ, निवर्तमान रेक्टर प्रा. डा. सञ्जीव कुमार शर्मा, विभिन्न स्कुल, विभाग तथा शाखाका प्रमुखहरू, शिक्षक, कर्मचारी एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने प्रतिष्ठान बाहिरबाट नेपाल हस्पिस केयर सेन्टर (NHCC) का बोर्ड अफ डाइरेक्टर तथा आयोजक, नेपाल एसोसिएसन अफ प्यालियेटिभ केयर (NAPCA) का अध्यक्ष एवं किष्ट मेडिकल कलेजका प्रा. डा. विष्णु दत्त पौडेलज्यू, नेपाल-इन्डिया हेल्थ कर्पोरेसन एन्ड डेभलपमेन्ट अफ प्यालियेटिभ केयर अन्तर्गत भारतीय दूतावास (पेन्सन पेइङ अफिस) का प्रमुख मेजर शम्मी सुवर्णज्यू, भक्तपुर क्यान्सर अस्पतालका डा. विष्णु श्रेष्ठ र नर्स श्री राधिका मकाजू, स्वास्थ्य मन्त्रालयकी प्रतिनिधि डा. सभ्यता पन्थी, धरान उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष श्री पदम लिम्बू, धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत श्री दीपा अधिकारी, रोटरी क्लब अफ काष्ठमण्डपका श्री शैलेश वैद्य र श्री सज्जन थापा, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलका डा. दीपक श्रेष्ठ, नेपाल क्यान्सर अस्पतालकी डा. सृष्टि तिवारी , हैदराबाद, भारतकी नर्स स्वरूप इम्माराजु, कोशी प्रदेशका विभिन्न अस्पतालका सहभागीहरू लगायत धरानका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमपश्चात् उपकुलपति प्रा. डा. कार्कीज्यूले "BPKIHS's Role in Strengthening and Expansion of Palliative Care in Eastern Nepal" शीर्षकमा, प्रा. डा. विष्णु दत्त पौडेलले "Essential Palliative Care Package and 4-Pillar Palliative Care Ecosystem" शीर्षकमा, पूर्व रेक्टर प्रा. डा. सञ्जीव कुमार शर्माले "Strategies for Integrating Palliative Care into the Health System: Lessons from the KHDC Model" शीर्षकमा तथा डा. दुलाल र प्रतिष्ठानकी प्यालियेटिभ केयर नर्स रोजिता शाक्यले "Quantifying the Impact of BPKIHS Home-Based Hospice Care Service in Dharan" शीर्षकमा सम्भाषण तथा प्रस्तुति दिनुभएको थियो । कार्यक्रमको अन्तिम सत्रमा "प्यालियेटिभ केयर नीतिगत ढाँचा, चुनौतीहरू, सोच तथा प्रदेश र स्थानीय सरकारको प्रतिबद्धता" विषयमा प्यानल छलफल (Panel Discussion) सञ्चालन गरियो। प्रा. डा. पौडेलको सहजीकरणमा भएको उक्त छलफलमा प्रतिष्ठानकी उपकुलपति लगायत पूर्व पदाधिकारीहरू, प्रदेश तथा
स्थानीय सरकारका प्रतिनिधिहरू र समुदाय स्तरका प्रतिनिधिहरू बीच गहन छलफल भएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन