one
विज्ञापन

ग्यासको अनधिकृत बिक्रीमा धरानमा कडाइ

Article Image
Article Image
Article Image
Article Image

ग्यासको अनधिकृत बिक्रीमा धरानमा कडाइ

धरान । ग्यासको आपूर्ति सहज नभइरहेका बेला धरान उपमहानगरपालिकाले अनधिकृत रूपमा खाना पकाउने ग्यास बिक्री–वितरण गर्ने व्यवसायीमाथि निगरानी बढाएको छ। बजार अनुगमनका क्रममा अनुमति बिना ग्यास बिक्री भइरहेको भेटिएपछि कल्याण चोकको प्रिमा ग्यास र धरान–१५ को मनकामना ट्रेडलाई स्पष्टीकरण माग गरिएको छ।

उपमहानगरपालिकाको नेतृत्वमा शनिबार गरिएको संयुक्त अनुगमनका क्रममा किराना पसललगायतका व्यवसायबाट ग्यास बिक्री भइरहेको पाइएको थियो। टोलीले तत्काल बिक्री रोक्न र उपभोक्तालाई एकपटकमा एकवटा मात्र सिलिन्डर उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको छ।

होटल तथा क्याटरिङ व्यवसायीलाई पनि आपूर्ति सहज नभएसम्म आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरिएको छ। कालोबजारी, अनधिकृत बिक्री तथा कृत्रिम अभाव रोक्न अनुगमनलाई निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन