one
विज्ञापन

नयाँ कर नीति तथा व्यवस्थाबारे व्यवसायीलाई जानकारी गराउने उद्देश्यले धरान वितरक संघको आयोजनामा धरान–१ स्थित धुलिखेल समाजको सभाहलमा एकदिने ‘कर विशेष अभिमुखीकरण तालिम तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत लागू भएका नयाँ कर नीति तथा व्यवस्थाबारे व्यवसायीलाई जानकारी गराउने उद्देश्यले धरान वितरक संघको आयोजनामा धरान–१ स्थित धुलिखेल समाजको सभाहलमा एकदिने ‘कर विशेष अभिमुखीकरण तालिम तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ ।

कार्यक्रममा धरान वितरक संघमा आबद्ध सदस्यका साथै विभिन्न व्यापारिक प्रतिष्ठानका सयौं व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नयाँ कर नीतिले व्यवसायमा पार्ने प्रभाव, कर अनुपालन, लेखा व्यवस्थापन, पुँजी परिचालन तथा राजस्वसम्बन्धी कानुनी व्यवस्थाबारे व्यवसायीलाई व्यवहारिक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हा े। कार्यक्रमको सह–आयोजक धरान मदिरा व्यवसायी संघ रहेको थियो भने संयोजन अमित श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा धरान वितरक संघका अध्यक्ष विजय मानन्धरले यस्ता अभिमुखीकरण कार्यक्रमले व्यवसायीलाई करसम्बन्धी अन्योल हटाउन, कानुनी दायित्वबारे सचेत बनाउन र व्यवसायलाई व्यवस्थित एवं पारदर्शी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका मुख्य सहजकर्ता चार्टर्ड एकाउन्टेन्ट पंकज आचार्य र सहजकर्ता अडिटर भरत ताम्राकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत आएका करसम्बन्धी नीतिगत परिवर्तन, त्यसको अल्पकालीन तथा दीर्घकालीन प्रभाव र व्यवसायीले अपनाउनुपर्ने सावधानीबारे विस्तृत प्रस्तुति दिनुभयो ।
चार्टर्ड एकाउन्टेन्ट आचार्यले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला, भ्याट क्रेडिट मिलान, राजस्व अनुसन्धान विभागका निर्देशिका, बिलिङ प्रणाली तथा दैनिक लेखा व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कर अनुपालनमा लापरवाही हुँदा व्यवसायीले कानुनी तथा वित्तीय जोखिम व्यहोर्नुपर्ने भन्दै उहाँले पारदर्शी लेखा प्रणाली र सही पुँजी व्यवस्थापन आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

अन्तरक्रिया सत्रमा सहभागी व्यवसायीहरूले कर प्रशासनका प्रक्रियागत जटिलता, दोहोरो करको समस्या, ढुवानी बिलिङमा देखिएका प्राविधिक चुनौती, बजारमा देखिएको कर्जा असुली समस्या तथा तरलता अभावका कारण कर तिर्नुपर्दा भोग्नुपरेका कठिनाइबारे जिज्ञासा राखेका थिए । सहजकर्ताहरूले सहभागीका प्रश्नको कानुनी व्यवस्था, व्यवहारिक अभ्यास र कर प्रशासनका प्रचलित प्रक्रियाका आधारमा समाधान तथा सुझाव प्रस्तुत गरेका थिए ।
आयोजकले आगामी दिनमा पनि व्यवसायीको क्षमता अभिवृद्धि, कर सचेतना र वित्तीय अनुशासनलाई सुदृढ बनाउने उद्देश्यले यस्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन