धरान । धरानको मुख्य व्यापारिक केन्द्र भानुचोकको बढ्दो ट्राफिक चाप न्यूनीकरण गर्दै व्यवस्थित सहरी विकास र आधुनिक सार्वजनिक यातायात सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको धरान–८ सुन्दरबस्तीस्थित स्मार्ट बसपार्क शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । करिब दुई दशकअघि परिकल्पना गरिएको यो परियोजना अन्ततः कार्यान्वयनमा आएपछि धरानको सार्वजनिक यातायात व्यवस्थापनमा सहज हुने भएको छ ।
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले शनिवार बसपार्कको उदघाटन गर्नुभएको हो ।
नयाँ बसपार्कको अवधारणा २०५८ सालमै अघि सारिएको थियो भने २०७५ माघ २६ गते तत्कालीन कोशी प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गर्नुभएको थियो । करिब २५ वर्षको प्रतीक्षापछि परियोजना सञ्चालनमा आएको हो ।
बसपार्क सञ्चालनमा आए पनि पहिलो दिनदेखि नै व्यवस्थापनमा केही कमजोरी देखिएका छन् । विभिन्न जिल्लाबाट आउने बसहरूको स्ट्यान्ड निर्धारण, सिटी सफारी र टेम्पोको पार्किङ व्यवस्थापन तथा यात्रु सूचना प्रणाली स्पष्ट नहुँदा चालक र यात्रु दुवै अलमलमा परेका छन् ।
यातायात व्यवसायीहरूले नयाँ बसपार्क शहरको मुख्य केन्द्रबाट टाढा रहेकाले यात्रुलाई आवतजावतमा थप खर्च र असुविधा हुने गुनासो गरेका छन ्। उनीहरूले नयाँ बसपार्कलाई बजारसँग जोड्ने नगर बस सेवा तत्काल सञ्चालन गर्नुपर्ने माग समेत गरेका छन् ।
बसपार्क सञ्चालनसँगै धरान उपमहानगरपालिकाले नयाँ बसपार्कबाट सञ्चालन हुने सिटी सफारी, टेम्पो तथा अन्य स्थानीय सवारी साधनको आधिकारिक भाडादर सार्वजनिक गरी कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । यसबाट यात्रुहरू मनपरी भाडा असुलीबाट जोगिने अपेक्षा गरिएको छ ।
धरान उपमहानगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्यले प्रारम्भिक चरणमा देखिएका व्यवस्थापकीय समस्यालाई विस्तारै समाधान गर्दै लाने बताउनुभयो ।
स्मार्ट बसपार्क सञ्चालनसँगै भानुचोकको ट्राफिक चाप उल्लेख्य रूपमा घट्ने अपेक्षा गरउको छ । । सुरुमा केही व्यवस्थापकीय कमजोरी देखिए पनि त्यसलाई छिट्टै सुधार गर्नसवारीको भाडादर कार्यान्वयनका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
बसपार्क सञ्चानलाई व्यवस्थित बनाउन सबै लाग्नुपर्नेमा यातायातयात व्यवसायीहरुको जोड छ ।
नवनिर्मित स्मार्ट बसपार्कमा करिब ३ सय यात्रु अट्ने आधुनिक प्रतिक्षालय, डिजिटल टिकट काउन्टर, एटीएम बुथ, २४सै घण्टा सञ्चालन हुने सिसीटिभी निगरानी, सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा २२ वटा अटो एकैपटक सञ्चालन गर्न मिल्ने छुट्टै स्थानको व्यवस्था गरिएको छ । बसपार्कको सञ्चालन व्यवस्थापन ब्रदर्स ट्रेडर्स, इटहरीलाई रु १ करोड १ लाख ८१ हजार ३ सय (भ्याटसहित) मा पाँच वर्षका लागि जिम्मा दिइएको छ । उपमहानगरपालिकाले सेवा गुणस्तर, सरसफाइ, सुरक्षा र यात्रु सुविधालाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको जनाएको छ ।
स्थानीय बासिन्दाले बसपार्क सञ्चालनलाई सकारात्मक उपलब्धि माने पनि नयाँ बसपार्कबाट भानुचोक तथा धरानका विभिन्न स्थानसम्म पुग्न सिटी सफारी र टेम्पोमा यात्रुले बढी भाडा तिर्नुपर्ने अवस्था रहेको बताएका छन् । त्यसैले सर्वसुलभ र भरपर्दो नगर बस सेवा तत्काल सञ्चालन गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ ।
स्मार्ट बसपार्कको सफल सञ्चालन अब पूर्वाधार निर्माणमा मात्र होइन, प्रभावकारी व्यवस्थापन, सहज सार्वजनिक यातायात, स्पष्ट सूचना प्रणाली र यात्रुमैत्री सेवामा निर्भर रहने देखिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।