one
विज्ञापन

यात्रुबाहक बस धनकुटाको कोलबोटे क्षेत्र नजिक दुर्घटना हुँदा १२ जना घाइते

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान २२ जुन । झापाको काँकडभिट्टाबाट धनकुटातर्फ जाँदै गरेको यात्रुबाहक बस धनकुटाको कोलबोटे क्षेत्र नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

प्राप्त प्रारम्भिक जानकारी अनुसार प्रदेश १–०१–००१ ख ४२२१ नम्बरको ‘मातृ भाग्य रेखा’ यात्रुबाहक बस धनकुटाको कोलबोटेभन्दा माथि कार्कीछाप क्षेत्र नजिक सडकमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा ८ जना वयस्क र ४ जना बालबालिका गरी कुल १२ जना घाइते भएका छन् ।
सवारी चालक कन्याई झापाका ३९ बर्षीय जीवन चौलागाईले सवारी दुर्घटनामा सवारी यात्रुबाहेक बसबाट हामफल्नेहरु घाइते भएको बताउनुभएको छ ।
उहाँका अनुसार घाइते यात्रुहरू दुर्घटनापछि उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक ल्याइएको छ । उपचारमा संलग्न चिकित्सकहरुले घाइतेहरुको उपचारमा कुनै कसुर बाँकी नरहेको जनाएको छ । दुर्घटना हुने जानकारी आउनसाथ प्रतिष्ठानका आकष्मिक कक्षका चिकित्सकहरु अलर्ट भएर बसेको प्रतिष्ठानका चिकित्सकले बताएका छन् ।

प्रहरीलेले समेत बसको ब्रेक भएर दुर्घटना भएको जनाएको छ । घाइतेहरूको पहिचान तथा स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन