one
विज्ञापन

एआई प्रविधिको चिनियाँ चलचित्र नेपालमा प्रर्दशन

Article Image
Article Image

पोखरा, ४ असार
एआई प्रविधि प्रयोग गरिएको वीरताको कथा बोल्ने चिनियाँ मार्सल आर्ट (वुसाई) चलचित्र नेपालको काठमाण्डौ र पोखरामा प्रर्दशन सम्पन्न भएको छ ।
एआई प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर आयोजना गरिएको दोस्रो हिमालयन रिम फिल्म प्रर्दशनी अन्तर्गत नेपालको पोखरा र काठमाण्डौमा चिनियाँ मार्सल आर्ट (बुसिया) सँग सम्बन्धित चलचित्रको प्रर्दशन सम्पन्न भएको हो ।
चिनियाँ भषामा वुसिया चलचित्र भन्नाले मार्सल आर्ट, तरबारबाजी र वीरताको माध्यमबाट न्याय, नैतिकता र मानवीय मूल्यको रक्षा गर्ने नायकको कथा प्रस्तुत गर्ने चिनियाँ चलचित्र विद्या हो ।
आयोजकका अनुसार पोखरामा सम्पन्न कार्यक्रममा नेपाली विद्यार्थी, प्राध्यापक तथा फिल्मकर्मीलाई समकालीन चिनियाँ चलचित्र, विशेषगरी वुसिया (मार्सल आर्ट) संस्कृतिको विकासक्रम र आधुनिक प्रविधिसँग यसको अन्तरसम्बन्धबारे जानकारी गराइएको थियो । पोखरा र काठमाण्डौमा त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आयोजना भएको विशेष चलचित्र प्रदर्शनीमा चलचित्र र साँस्कृति सम्बन्धबारे अन्तरक्रिया, व्याख्यान तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
दोस्रो हिमालयन रिम फिल्म प्रर्दशनीका क्रममा काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा ’लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’ र ’ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’ चलचित्र प्रदर्शन गरिएको थियो । पर्दशनीकै क्रममा सम्पन्न भर्चुअल अन्तरक्रियामा चिनियाँ युवा लेखक वेन जियरले जिन योङकाले साहित्य, वुसिया कथाको नैतिक पक्ष, साहित्यबाट चलचित्रमा हुने रूपान्तरण तथा समकालीन समाजमा वीरताको अवधारणाबारे धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले चिनियाँ वुसिया कथामा प्रस्तुत हुने न्याय, साहस र मानवीय मूल्य नेपाली कला तथा संस्कृतिमा पाइने प्रकृति र मानवबीचको सहअस्तित्वको भावनासँग मेल खाने धारणा व्यक्त गरेका थिए । बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाङ यानले चिनियाँ मार्सल आर्ट चलचित्रको विकास र विश्वव्यापी प्रभावबारे व्याख्यान दिएका थिए।
यसैगरि पोखरा विश्वविद्यालयमा भएको प्रदर्शनीमा संस्थापक ह्वाङ जुनयानले हिमालय क्षेत्रका मुलुकबीच सांस्कृतिक सम्बन्ध विस्तारका लागि फिल्म प्रभावकारी माध्यम बन्न सक्ने बताइन । अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयका सहप्राध्यापक मा रुइछिङले ’वुसिया सिनेमादेखि एआई बजारसम्म’ विषयमा छलफल सञ्चालन गरेका थिए । चीनको प्रतिष्ठित एआई कम्पनीका विज्ञ रायनले कृत्रिम बुद्धिमत्ताले फिल्म निर्माण, सम्पादन, वितरण र बजार व्यवस्थापनमा ल्याइरहेको परिवर्तनबारे प्रस्तुति दिएका थिए ।
पोखरामा सम्पन्न प्रदर्शनीमा ’द मास्टर’ र ’आई एम ह्वाट आई एम–२’ चलचित्र पनि प्रदर्शन गरिएको थियो । प्रदर्शनपछि निर्देशक स्युहाओफेङ र सहनिर्माता ली यिलिनले भर्चुअल माध्यमबाट दर्शकसँग अन्तरक्रिया गर्दै चिनियाँ चलचित्रको अन्तर्राष्ट्रिय बजार, मार्सल आर्ट सौन्दर्यशास्त्र तथा एनिमेसनको सम्भावनाबारे विचार राखेका थिए । पोखरामा आयोजित प्रर्दशनीमा पनि फिल्म प्रदर्शनसँगै आयोजित ’वुसिया फेयर’, परम्परागत हस्तकला कार्यशाला तथा एआई प्रविधिबाट तयार गरिएको प्रदर्शनीको आधिकारिक गीत ’द एन्डलेस राइड’ सार्वजनिक गरिएका थिए ।
काठमाण्डौ र पोखरामा भएको दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनीले चिनियाँ वुसिया संस्कृतिलाई नेपाली दर्शकमाझ परिचित गराउनुका साथै नेपाल र चीनका फिल्मकर्मी, विद्यार्थी तथा युवा सर्जकबीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको छ । यसैले चलचित्र, प्रविधि र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने यस कार्यक्रमले भविष्यमा एसियाली चलचित्र उद्योगबीच थप सहकार्य र सांस्कृतिक आदानप्रदानको सम्भावना बलियो बनाएको विश्वास आयोजकको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन