one
विज्ञापन

बालिका इनिशा बिकको बलात्कारपछि हत्याको विरोधमा कारबाहीको माग गर्दै खबरदारी ¥याली

Article Image
Article Image
Article Image
Article Image

धरान । सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरिएको जघन्य घटनाको विरोधमा धरानमा दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै खबरदारी ¥याली निकालिएको छ । धरान बाल सञ्जालको आयोजनामा भएको ¥यालीमा सहभागी बालबालिकाहरूले बालबालिकामाथि बढ्दो हिंसाविरुद्ध कडा आवाज उठाउँदै दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरेका छन् ।

धरान–१२ स्थित धरान उपमहानगरपालिकाको प्राङ्गणबाट सुरु भएको ¥यालीले नगरका विभिन्न मुख्य सडकको परिक्रमा गर्दै भानुचौकमा पुगेर कोणसभा गरेको थियो । सहभागीहरूले “बालिकामाथि हुने हिंसा बन्द गर”, “इनिशा बिकलाई न्याय दे” र “अपराधीलाई कडा कारबाही गर” लेखिएका प्लेकार्ड बोकेका थिए ।
¥यालीका क्रममा उनीहरूले बालबालिकाको सुरक्षाका विषयमा राज्य गम्भीर बन्नुपर्ने माग गर्दै सरकार र प्रशासनलाई सचेत गराएका थिए ।
¥यालीको नेतृत्व गरिरहेका धरान बाल सञ्जालका प्रतिनिधि रोजन शंकरले घटनाको घोर भत्र्सना गर्दै राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरे । उनले चेलीबेटी आफ्नै घर र समाजमा असुरक्षित हुनु अत्यन्त दुःखद र लज्जास्पद विषय भएको बताउँदै इनिशा बिकका हत्यारालाई कडाभन्दा कडा सजाय नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

उनीहरूले यो ¥याली केवल विरोध मात्र नभई प्रशासनका लागि कडा चेतावनीसमेत भएको बताएका थिए । सो अवसरमा भानुचौकमा करिब आधा घण्टा धर्ना पनि दिइएको थियो ।
बालअधिकारकर्मीहरूले “बलात्कारीलाई फाँसी दे”, “हाम्रो माग एउटै हो—पीडितलाई न्याय दे”, “छोरीहरूको सुरक्षा गर” जस्ता नारा लगाएका थिए ।

उनीहरूले यस्ता घटनाविरुद्ध अहिले नै सबैले आवाज उठाउनुपर्ने र बालबालिका निर्धक्क भएर हिँड्न र बाँच्न पाउने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् ।
प्रदर्शनको अन्त्यमा आयोजित कोणसभामा सहभागीहरूले इनिशा बिकको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए । साथै यस्ता जघन्य घटनाविरुद्ध समाज, सरकार र सरोकारवाला सबै मिलेर सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन