one
विज्ञापन

चन्द्र ग्रहणका कारण मारवाडी समुदायले एक दिन ढिलो गरी बुधबार मनाए

धरान । रङहरूको पर्व होली देशभर उल्लासका साथ मनाइएको भोलिपल्ट आज मारवाडी समुदायले विशेष उत्साहका साथ यो पर्व मनाएका छन् । सामान्यतया पूर्णिमाको दिन मनाइने होली यस पटक चन्द्र ग्रहणका कारण मारवाडी समुदायले एक दिन ढिलो गरी बुधबार मनाएका हुन् ।

हिन्दू पञ्चाङ्ग अनुसार मंगलबार चन्द्र ग्रहण परेकाले र सो समयमा ’सुतक’ (अशुद्ध समय) लाग्ने भएकाले मारवाडी समुदायले मंगलबार रङ खेल्न उपयुक्त नहुने ठहर गरेको थियो । शास्त्रीय मान्यता अनुसार ग्रहणको समयमा शुभ कार्य वा उत्सव मनाउन वर्जित मानिन्छ । सोही परम्परा र धार्मिक निष्ठालाई निरन्तरता दिँदै आज मारवाडी समुदायका सदस्यहरूले सामूहिक रूपमा होली मनाएका छन् ।
धरानका विभिन्न स्थानमा भेला भएका मारवाडी समुदायका युवा, वृद्ध तथा बालबालिकाहरूले एक–अर्कालाई अबिर र विभिन्न रङ दलेर शुभकामना साटासाट गरे ।
सहभागीहरूले होलीले जीवनमा नयाँ रङ र खुसी ल्याउने विश्वास व्यक्त गरे । रङ खेल्नुका साथै विभिन्न मिठाइ र परिकारहरू खाएर तथा चियापान गर्दै उनीहरूले यो दिनलाई स्मरणीय बनाएका थिए ।

उत्सवमा सहभागी एक स्थानीयले हिजो चन्द्र ग्रहण परेकाले हाम्रो परम्परा अनुसार आज मात्र होली मनाइएको हो । होली केवल रङहरूको उत्सव मात्र होइन, यो त असत्यमाथि सत्यको विजय र मन भित्रको नकारात्मकतालाई फालेर सकारात्मकता अँगाल्ने दिन पनि दिनका रुपमा उनीहरुले लिएका छन् ।

सहभागीहरुले होली पर्व साँस्कृतिक पर्वमात्र नभई एक अर्काबीचको आत्मीयता बाँध्ने पर्व भएकोले होली पर्व साथीभाइसँग मिलेर धुमधामसँग मनाइएको बताएका थिए ।

नेपालमा बसोबास गर्ने विभिन्न समुदायका आ–आफ्नै विशिष्ट सांस्कृतिक पहिचान र परम्पराहरू रहेका छन् । मारवाडी समुदायले आफ्नो शास्त्रीय मान्यतालाई कायम राख्दै मनाएको यो होलीले नेपाली समाजको विविधता र सांस्कृतिक सहिष्णुतालाई पुनः एकपटक झल्काएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन