धरान । भोलि फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सुनसरी क्षेत्र नं. १ मा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा खटिएका मतदान अधिकृतहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
नर्वाचनका लागि आवश्यक सामग्रीहरू फागुन १८ गते नै निर्वाचन कार्यालयबाट बुझेर कर्मचारीहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिसकेका छन् । धरानको मुख्य बजार क्षेत्रमा रहेका मतदान केन्द्रहरूमा मतदाताको चापलाई मध्यनजर गर्दै विशेष व्यवस्था मिलाइएको छ । ल्यावोरेटरी माविमा भएको सहायक मतदान अधिकृत शोभा कार्कीले ५ वटा बुथ निर्माण गरेको बताउदै २ वटा प्रवेशद्वार र एउटा निकासद्वारको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले मतदान प्रक्रिया सहज र व्यवस्थित बनाउने काम गरिएको बताए ।
निर्वाचनलाई मर्यादित बनाउन फागुन १९ गते सबै राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीय जनप्रतिनिधिहरूसँग सर्वदलीय बैठक सम्पन्न भएको छ । उक्त बैठकमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउने विषयमा सबै पक्षबीच सहमति जुटेको छ । स्थानीय तहबाट राम्रो सहयोग प्राप्त भएको र सबै दलहरूले शान्तिपूर्ण निर्वाचनका लागि प्रतिबद्धता जनाएका समबन्धित मतदान अधिकृतहरुले बताएका छन ।
जिल्लाका विभिन्न केन्द्रहरूमा मतदाताको संख्या फरक–फरक रहेको छ । वैदेशिक रोजगारीका कारण धेरै युवाहरू बाहिर रहेकाले मतदानमा करिब ६० प्रतिशतसम्म सहभागीता रहने अधिकृतहरूको अनुमान छ ।
मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ। तर, परिचयपत्र नभएकाहरूको हकमा नागरिकताको सक्कल प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का आधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ । स्वयंसेवकहरूको नियुक्ति र सुरक्षाकर्मीहरूको परिचालनलाई पनि चुस्त बनाइएको छ ।
धरानका सबै मतदान केन्द्र र स्थलमा सहजतापूर्वक भयरहित ढंगबाट मतदान गर्ने वातावरण तयार पारिएको सुनसरी उद्योग वाणिज्य संघको मतदान स्थलका एक अधिकृतले जानकारी दिए ।
निर्वाचन कार्यालय सुनसरीका अनुसार क्षेत्र नं. १ मा १९ दलका र ७ स्वतन्त्र गरी २६ उम्मेदवार चुनावी मैदानमा छन ्। पुरुष २४ र महिला २ जना उम्मेदवार छन् । १ लाख ५० हजार ३९३ मतदाता रहेको यस क्षेत्रमा ४१ मतदान स्थल र १६१ मतदान केन्द्र तोकिएका छन् ।
निर्वाचन टोलीहरूले अहिले मतदान स्थलमा पाल (टेन्ट) टाँग्ने, घेराबेरा गर्ने र मतदाता नामावली टाँस्ने जस्ता प्राविधिक कामहरू गरिरहेका छन् । समग्रमा, सुनसरीमा निर्वाचनको उत्साह बढेको छ र प्रशासनले भयरहित वातावरणमा मतदान गर्न मतदाताहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।