धरान । सामाजिक सेवामा सक्रिय रोटरी क्लब अफ धरान फुटहिल्सले धरानस्थित क्लोथ फाउण्डेशनलाई लत्ताकपडा हस्तान्तरण गरेको छ । रोटरीको १२१ औं स्थापना दिवसको अवसर पारेर धरान तथा आसपासका विपन्न परिवारलाई सहज होस् भन्ने अभिप्रायाले विभिन्न प्रकारका कपडा ,खेलाउना ,स्कुल ब्याग लगायतका सामानहरु फाउण्डेशन मार्फत वितरणका लागि उपलब्ध गराएको हो ।
विगत लामो समयदेखि क्लोथ फाउण्डेशनले धरान र आसपासका क्षेत्रका आर्थिक रूपमा कमजोर परिवारको घरदैलोमै पुगेर जाडो, गर्मी तथा बालबालिकाका लागि आवश्यक लत्ताकपडा वितरण गर्दै आएको छ । वास्तविक आवश्यकता भएका व्यक्तिहरूको पहिचान गरी प्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएको फाउण्डेशनको अभियानलाई सघाउने उद्देश्यले क्लबले १२१ औं स्थापना दिवसको अवसर पारेर उक्त सामग्री हस्तान्तरण गरेको क्लबकी अध्यक्ष एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्यालोजी विभागकी एसोसिएट प्रोफेसर डा.मोना दाहालले बताउनु भयो ।
उहाँले क्लोट फाउण्डेशनको कार्यप्रति प्रशंसा गर्दै फाउण्डेशनले वास्तविक आवश्यकता भएका व्यक्तिहरूको पहिचान गरी उनीहरूकै घरदैलोमा पुगेर सेवा दिइरहेको बताउनुभयो । उहाँले यो अत्यन्तै सराहनीय कार्य भएको बताउदै रोटरी क्लब पनि सेवाकै भावनाले प्रेरित संस्था भएकाले आफूहरुले पनि यो सानो सहयोग गरेको बताउनुभयो ।
डा. दाहालले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फाउण्डेशनले कपडाहरूलाई वर्गीकरण गरी आवश्यकता र मौसम अनुसार विभिन्न विपन्न बस्तीहरूमा वितरण गर्दै आएको छ । ‘कपडा खेर नफालौं, आवश्यक हुनेलाई दिऔँ’ भन्ने नारासहित संस्थाले पुनःप्रयोग योग्य कपडाको संकलन र वितरण अभियान सञ्चालन गर्दै आएको छ ।
रोटरी क्लब अफ धरान फुटहिल्स स्वास्थ्य, शिक्षा तथा वातावरण संरक्षणका क्षेत्रमा समेत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो सहकार्यले धरान क्षेत्रमा सामाजिक उत्तरदायित्व र सहकार्यको संस्कारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।