one
विज्ञापन

धरान १० स्थित ऐतिहासिक सिंहवाहिनी भगवती मन्दिरमा महाशिवरात्री पर्वको पावन अवसरमा विशेष भजन प्रतियोगिता आयोजना

Article Image
Article Image
Article Image
Article Image

धरान । धरान १० स्थित ऐतिहासिक सिंहवाहिनी भगवती मन्दिरमा महाशिवरात्री पर्वको पावन अवसरमा विशेष भजन प्रतियोगिता आयोजना गरिएको छ । मन्दिरका जग्गादाता स्व. मणिसुन्दर कसाजुको ४४औं पुण्य स्मृतिको अवसर पारेर मन्दिर व्यवस्थापन समितिले यो भव्य कार्यक्रमको आयोजना गरेको हो ।

पछिल्लो समय युवा पुस्तालाई धर्मप्रति आस्थावान बनाउने अभिप्रायले हिन्दु सनतन धर्ममा प्रयोग हुने भजनकिर्तन प्रतियोगात्मक रुपमा प्रस्तुत गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेशका सांसद ममता तामाङले महिला अधिकार र यसको कार्यान्वयन पक्षबारे गम्भीर धारणा राख्नुभयो । उहाँले कानुनी रुपमा धेरै अधिकारहरु लेखिए पनि कार्यान्वयनको पाटो अझै चुनौतीपूर्णरहेको बताउँन्दै महिलाले पाएका उपलब्धिहरुलाई संस्थागत गर्दै महिलाहरुको हक र अधिकारको लागि धार्मिक र सामाजिक रुपबाटै अगाडि बढ्नुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले महिलाको अधिकारका प्रौराणिक धार्मिक ग्रन्थसँग सँग पनि जोडेर उहाँले हेर्नुभयो । उहाँले हिजो पार्वती पनि शिवजीसँग बाहिर निस्कनुभएको कुरालाई व्याख्या गर्दै कानुनी कागजमा जति लेखिए पनि कार्यान्वयनको पक्षमा अझै गाह्रो भएको बताउनुभयो । उहाँले धार्मिक र सामाजिक लडाईंमार्फत आफ्नो अधिकार स्थापित गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सिंहवाहिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद निरौलाले मन्दिरको ऐतिहासिक महत्व र जग्गादाताको योगदानबारे चर्चा गर्नुभयो । उहाँले महाशिवरात्रीको महत्वबारे प्रकाश पार्दै आगामी पुस्ताले पनि धर्म, संस्कृति र संस्कारको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष निरौलाले मन्दिरका जग्गादाता स्व. मणिसुन्दर कसाजुको सम्झनामा र शिवरात्रीको अवसरमा यो प्रतियोगिता आयोजना गरेको बताउदै संस्कार र संस्कृति नै नेपालीको पहिचान भएकोले यसलाई जोगाउनु सबैको दायित्व भएको बताउनुभयो ।

प्रतियोगितामा धरानका विभिन्न भजन समूहहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा मन्दिर समितिका पदाधिकारीहरु, स्थानीय भक्तजनहरु र श्रद्धालुहरुको ठूलो उपस्थिति रहेको थियो । सहभागी कलाकारहरुले भगवान शिव र भगवतीका भजनहरु प्रस्तुत गर्दा मन्दिर परिसर भक्तिमय बनेको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन