one
विज्ञापन

२६ औ बुढासुब्बा गोल्डकप पाहुना टोली भुटान स्तब्ध, झापा विजयी

Article Image

धरान । २६ औ बुढासुब्बा गोल्डकप पाहुना टोली भुटान स्तब्ध, झापा विजयी । २६ औं संस्करणको अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको दोस्रो दिनको खेलमा रोयल थिम्पु फुटबल क्लब भुटानलाई पराजित गर्दै झापा ११, झापा विजयी ‍भएको छ ।
शुक्रबार धरान रङ्गशालामा भएको दोस्रो दिनको खेलमा २ — ० गोल अन्तरले भुटानलाई पराजित गर्दै झापा दोस्रो चरणमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ३५ मिनेटमा झापा ११ का सुनिल खड्काले गोल गरे । यस्तै दोस्रो हापको १८ मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टिमलाई थप अग्रता दिए । खेलको म्यान अफ द म्याच झापाका राजेश दाहालले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
भोलि शनिबार प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं र साविक विजेता न्युरोड टिम काठमाडौं बीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताएका छन् ।
बुढासुब्बा गोल्डकपको उपाधि विजेताले ट्रफी र मेडलसहित नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने छन् । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् ।
गत २५ औं संस्करणमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले उपाधि रक्षा गरेको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन