one
विज्ञापन

हस्पिटल निर्माण सहयोगार्थ मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ–२०८२ को अवसरमा अध्यात्मिक गुरु तान्त्रिक जगत् गुरु शिवशक्ति बाबालाई अभिनन्दन

Article Image
Article Image
Article Image
Article Image

मुक्तिधाम इटहरीको ४७ औं वार्षिकोत्सव एवम् हस्पिटल निर्माण सहयोगार्थ मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ–२०८२ को अवसरमा अध्यात्मिक गुरु तान्त्रिक जगत् गुरु शिवशक्ति बाबालाई अभिनन्दन गरिएको छ ।
उहाँलाई मुक्तिनाथ इटहरीको ४७ औं बार्षिक उत्सव एवम मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ २०८२ को अवसमा सम्मान गरएको हो ।
यसअघि उहाँलाई ‘जम्बुद्वीप पद्मश्री रत्न’ सम्मानबाट विभूषित गरिएको थियो । अन्तर्राष्ट्रिय प्रणामी युवा संस्थाको आयोजनामा काठमाडौंमा सम्पन्न विशेष अध्यात्मिक समारोहका बीच बाबालाई उक्त सम्मान प्रदान गरिएको हो ।
२५ भन्दा बढी राष्ट्रका प्रतिनिधिहरूको उपस्थिति रहेको अन्तर्राष्ट्रिय नागरिक अभिनन्दन कार्यक्रममा बाबाको अध्यात्मिक साधना, सामाजिक सेवा र मानव कल्याणमा पु¥याएको योगदानको कदर गर्दै उच्च सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रणामी युवा संस्थाका अध्यक्ष विशाल प्रणामी क्षेत्रीले शिवशक्ति बाबा केवल धर्मगुरु मात्र नभई सिद्ध पुरुष र मानवताका सेवक भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार बाबाले हालै एक अस्पतालको आजीवन सदस्यता ग्रहण गर्दै १ लाख ११ हजार १११ रुपैयाँ नगद सहयोगसमेत प्रदान गर्नुभएको छ, जसले स्वास्थ्य सेवामा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
उहाँले शिवशक्ति बाबा नाम मात्र नभई उहाँमा साक्षात् आध्यात्मिक शक्ति रहेको स्पष्ट पार्नुभयो । उहाँले बाबाको आशीर्वादले धेरै रोगी तथा पीडितले राहत पाएको बताउनुभयो ।
सोही अवसरमा काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय समरसता मञ्चको कार्यक्रममा सिक्किम राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ (रोहित राज महाराज) लाई ‘एसिया कन्टिनेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी शिवशक्ति बाबालाई वैदिक सनातन धर्मको प्रवद्र्धन तथा नेपालको गौरव अन्तर्राष्ट्रिय स्तरमा फैलाएको योगदानस्वरूप ‘जम्बुद्वीप पद्मश्री रत्न’ अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।
आयोजकका अनुसार शिवशक्ति बाबाको आध्यात्मिक साधनाले मानव कल्याण, विश्व शान्ति र धार्मिक सद्भाव फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ । कार्यक्रममा उहाँको सिद्ध शक्ति, लोककल्याणकारी योगदान र वैदिक सनातन धर्मको प्रचारप्रसारबारे चर्चा गरिएको थियो । अध्यात्मिक गुरु जगत् गुरु शिवशक्ति बाबालाई

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन