one
विज्ञापन

निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघनका घटनालाई गम्भीर रूपमा लिँदै निगरानी

Article Image
Article Image
Article Image
Article Image

धरान । सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका घटनाहरू न्युनिकरणका लागि निर्वाचन कार्यालयले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने तयारी थालेको छ ।

निर्वाचन अधिकृतको कार्यालय सुनसरी–१ का अनुसार माघ १२ गतेपछि उम्मेदवार तथा तिनका प्रतिनिधिसँग निर्वाचन आचारसंहिता पालना सम्बन्धी अन्तरक्रिया, मतदान केन्द्रको अनुगमन, सम्भावित समस्या पहिचान र समाधानका उपाय अवलम्बन गर्ने कार्य अघि बढाइने भएको हो ।
निर्वाचन अधिकृत दिव्यराज अधिकारीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउन आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको बताउनुभयो । उहाँले पछिल्लो समय आचारसंहिता उल्लंघन सम्बन्धी गुनासो र सूचनाहरू बढ्दै गएकोले दल र उम्मेदवारसँग प्रत्यक्ष संवाद आवश्यक भएको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार सुनसरी–१ मा ४१ मतदानस्थल र १६१ मतदान केन्द्र तोकिएका छन् भने १ लाख ५० हजार ३९३ मतदाता निर्वाचन प्रक्रियामा सहभागी हुँदैछन् । यस निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वडा, बराहक्षेत्र नगरपालिकाका वडा १ देखि ५ सम्म तथा रामधुनी नगरपालिकाका वडा ६ र ७ रहेका छन् ।

यस निर्वाचनमा १९ राजनीतिक दल र ७ स्वतन्त्र उम्मेदवार गरी कुल २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन प्रक्रियामा कुनै उजुरी नपरेको र सबै उम्मेदवार योग्य ठहरिएको जानकारी दिनुभयो ।
निर्वाचन व्यवस्थापनका लागि १ हजार ४४९ जना कर्मचारी परिचालन गरिनेछ भने सुरक्षा व्यवस्थापन जिल्ला सुरक्षा समितिको समन्वयमा गरिनेछ । अधिकृत अधिकारीले राजनीतिक दलहरूबाट हालसम्म सौहार्दपूर्ण सहयोग प्राप्त भइरहेको बताउनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघनका घटनालाई गम्भीर रूपमा लिँदै निगरानीलाई अझ कडा बनाइने र आवश्यकता अनुसार तत्काल कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन