one
विज्ञापन

रक्त सञ्चार सेवा समन्वयमा लायन्स क्लब धरान विजयपुर, भानुसब्जी तथा फलफूल व्यवसायी रक्तदान कार्यक्रमको आयोजना

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाबाट सञ्चालित रक्त सञ्चार सेवा समन्वयमा पछिल्लो समय धरानमा धमाधम रक्तदान कार्यक्रमको आयोजना हुने गरेको छ
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक ८० देखि ९० पिन्टसम्म रगतको आवश्यकता हुन थालेपछि केन्द्रले विभिन्न संघ संस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
पछिल्लो समय लायन्स क्लब धरान विजयपुर, लियो क्लब अफ धरान विजयपुर र भिन्सेन्सियन आश्रमको आयोजनामा धरानमा रक्तदान गरिएको थियो । यस्तै त्यसको लगत्तै भानुसब्जी तथा फलफूल व्यवसायीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
बीपीमा ब्लडको अभाव भएपछी रक्तसञ्चार केन्द्रले आग्रहमा आफूहरुले थोरैमात्रामा भएपनि रगतको परिपूर्ति गर्ने उद्देश्यले रक्तदानको कार्यक्रम आयोजना गरेको लायन्स क्लब विजयपुरकी अध्यक्ष जमुना त्रिखत्री मोक्तानले जानकारी दिनुभयो ।
प्रतिष्ठानमा सबै प्रकारका रगत समूहको अभाव भएको छ । रगतको अभावलाई परिपूर्तिसँगै विरामीको सहजतालाई मध्यनजर गरी रक्तदानको कार्यक्रमको आयोजना गरिएको भिन्सेन्सियन आश्रमकी अध्यक्ष कोपिला कटुवालले जानकारी दिनुभयो ।
कोशी प्रदेशकै ठूलो अस्पतालमा धेरै विरामी उपचार गर्न आउने तर रगतको अभाव भएपछि रगतको अभावबाट कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले अहिले रक्तदान कार्यक्रमको आवहानै रक्तसञ्चार केन्द्रले गरेको कर्मचारीहरुको भनाई छ ।
रक्त सञ्चार सेवाले अन्य संघ संस्थाहरुलाई पनि रक्तदान कार्यक्रमको आयोजन गर्न आग्रह गर्दै आएको छ । रगतको अभावले उपचारमा खासगरि सल्यक्रिया गर्ने विरामी तथा रगत अभाव भएका विरामीहरुलाई अनिवार्य रुपमा रगत आवश्यकता पर्ने भएकोले विरामीको सहजताका लागि रक्तदान गर्न सुनसरीका सबै संघसंस्थालाई आग्रह गरेको हो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन