मोफसलबाटै अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको आयोजना हुँदै आएको ‘अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप’ को २६ औँ संस्करण आगामी माघ २२ देखि फागुन २ गतेसम्म आयोजना हुने भएको छ । आयोजक धरान फुटबल क्लबले धरान–१५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी दिएको हो ।
धरान फुटबल क्लबले स्थापना कालदेखि नै मोफसलबाट नै अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्ष आयोजना हुने प्रतियोगिता २८ औँ संस्करणको हुनुपर्ने भए पनि दुई वर्ष कोरोना संक्रमणका कारण प्रतियोगिता नै हुन सकेन ।
आयोजकका अनुसार २६ औँ संस्करणको प्रतियोगिता धरान–१६ स्थित रंगशालामा आयोजना हुनेछ । विगतमा ८ टिमले सहभागिता जनाउँदै आए पनि यो संस्करणमा भने १० टिमले सहभागिता जनाउने भएका छन् ।
क्लबका महासचिव नवीन राईका अनुसार नेपालका चर्चित क्लबसँगै भुटान र भारतका टिम पनि सहभागी हुनेछन् । प्रतियोगितामा एनआरटी, चर्च ब्वाइज, नेपाल पुलिस, प्लानिङ ब्वाइज युनाइटेड, सातदोबाटो युथ, एलए क्लब पोखरा, झापा–११, आयोजक धरान एफसीसँगै रोयल थिम्पु (भुटान) र जर्जियन क्लब कालेम्पुङ (भारत) ले प्रतिस्पर्धा गर्नेछन् ।
उहाँका अनुसार प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगदको साटो होण्डा डियो स्कुटर प्राप्त गर्नेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताका लागि करिब १ करोड ७ लाख रुपैयाँ आय र ८७ लाख १५ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । २६ औँ संस्करणसम्म आइपुग्दा पनि क्लब आफैँ आत्मनिर्भर बन्न नसकेको क्लबले स्वीकार गरेको छ । गोल्डकपलाई निरन्तरता दिँदै आए पनि प्रायोजक, विदेशमा बस्ने धरानेहरू तथा व्यापारी–व्यवसायीहरूको सहयोगमा मात्र २६ औँ संस्करणसम्म बल्लतल्ल आयोजना गर्न सकिएको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । उहाँले भविष्यमा आर्थिक संकट नआओस् भनेर अक्षयकोषको अवधारणा अघि बढाइएको बताउनुभयो । पछिल्लो समय खेलमैदानको अभाव बढ्दै गएकोले नयाँ खेलाडी उत्पादनमा समस्या हुँदै गएको उहाँको भनाइ छ ।
धरान फुटबल क्लब आयोजक भए पनि २५ औँ संस्करण सम्पन्न गरिसक्दा समेत उपाधिबाट टाढा रहँदै आएको छ । पाँच पटक फाइनल खेले पनि ट्रफी उचाल्न नसक्नुमा खेलाडी पलायन, नयाँ खेलाडी उत्पादनमा समस्या, खेलमैदानको अभावलगायत कारण रहेको अध्यक्ष तामाङले बताउनुभयो ।
धरान खेलकुदको सहर हो । यही सहरले मोफसलबाटै अन्तर्राष्ट्रिय क्लबहरूलाई मैदानमा उतार्ने साहस ग¥यो । बुढासुब्बा गोल्डकपकै कारण धेरै राष्ट्रिय खेलाडी जन्मिए । तर, २६ औँ संस्करणसम्म आइपुग्दा पनि आयोजक धरान फुटबल क्लब अझै आत्मनिर्भर बन्न सकेको छैन । आज पनि सहयोगी हातहरूको भरमा प्रतियोगिता अघि बढिरहेको छ । यिनै चुनौतीबीच पनि धरानको फुटबलको इतिहासलाई बचाइराख्ने संकल्पसहित बुढासुब्बा गोल्डकपको २६ औँ संस्करण आयोजना हुन लागेको हो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।