यो वर्ष विगतका वर्षको तुलनामा माघे संक्रान्तिका दिन प्रयोग गरिने विभिन्न प्रकारका कन्दमूलको व्यापार घटेको व्यापारीहरूले बताएका छन्। माघे संक्रान्तिमा तरुल, सखरखण्ड, पिँडालु, स्कुसको जरा लगायतका सामग्री पौष मसान्त अर्थात् माघे संक्रान्तिको अघिल्लो दिन अत्यधिक बिक्री हुने गर्दछ । यसमध्ये तरुल सबैभन्दा बढी बिक्री हुने गरेको व्यापारीहरू बताउँछन्। तर, पछिल्ला वर्षहरूमा माघे संक्रान्ति लक्षित कन्दमूलको व्यापारमा निरन्तर गिरावट आइरहेको उनीहरूको भनाइ छ ।
माघे संक्रान्ति नेपाली समाजमा विशेषगरी स्वास्थ्य र ऋतु परिवर्तनसँग जोडिएको महत्वपूर्ण पर्व हो । यस दिन जाडो भगाउने र शरीर बलियो बनाउने विश्वासका साथ तातो, पौष्टिक र ऊर्जायुक्त खानेकुरा खाने परम्परा छ । यही कारणले माघे संक्रान्तिमा कन्दमूलसँगै चाकु, तिलको लड्डु, खिर लगायतका परिकार खाने चलन रहिआएको छ ।
कन्दमूलमध्ये घर तरुल सबैभन्दा बढी बिक्री हुने गरे पनि, पछिल्ला वर्षहरूमा चाडपर्वको महत्व घट्दै गएको हो वा थोरैले पुग्ने अवस्था बनेको हो, माघे संक्रान्ति लक्षित खानेकुराको बिक्री घट्दै गएको व्यापारीहरू बताउँछन् ।
धरानको पालिका तरकारी बजार, नयाँ बजारको तरकारी बजार, कृषि उपज बजार तथा साना–ठूला तरकारी पसलहरूमा माघे संक्रान्तिका लागि कन्दमूल र अन्य सामग्री किन्न जानेहरूको भीड भने बढ्दै गएको देखिन्छ । माघे संक्रान्तिमा कन्दमूलसँगै तिलको लड्डु र चाकु प्रयोग गर्दा शरीरमा शक्ति बढ्ने र रोग प्रतिरोधात्मक क्षमता मजबुत हुने विश्वास रहिआएको छ ।
व्यापारीहरूले यस वर्ष बजारमा तरुल लगायतका कन्दमूलको उल्लेख्य बिक्री नभएको बताएका छन् । पालिका तरकारी बजारका व्यापारी विकास जयसवालले विगतका वर्षहरूको तुलनामा यस वर्ष तरुल तथा अन्य कन्दमूलको व्यापार घटेको बताउनुभयो ।
यता केही व्यापारी भने अझै समय बाँकी रहेकाले बिक्री बढ्ने अपेक्षामा छन् । पूर्वी पहाडी जिल्लाबाट आएका कन्दमूलहरू अत्यन्तै लोकप्रिय हुने भएकाले आगामी दिनमा बिक्री बढ्ने विश्वास उनीहरूको छ ।
कृषि उपज बजारका अनुसार धरानमा पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभालगायतबाट कन्दमूल भित्रिने गरेको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । हाल बजारमा बन तरुल प्रतिकिलो १५० रुपैयाँ र घर तरुल प्रतिकिलो ७० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ । स्कुसको जरा प्रतिकिलो १४० देखि १५० रुपैयाँसम्म बिक्री भइरहेको उहाँले बताउनुभयो ।
कारोबारको हिसाबले यस वर्ष करिब १ सय टन कन्दमूल धरान भित्रिने र झण्डै १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान बजारले गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।