इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ । ह्रदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रिय स्तरको ख्याति हासिल गरेका थिए ।
सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा अडिसन दिएपछि उनको जीवनले नयाँ मोड लियो । अन्ततः प्रतियोगिता जित्दै उनले भारतभरि तथा विदेशमा रहेका लाखौं दर्शक–श्रोताको मन जिते। तामाङको एक छोरी र पत्नी छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।