धरान । राष्ट्रिय एकताको भावना जागृत गराउँदै सबैलाई एकताको सूत्रमा बाँध्ने तथा ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले स्थानीय सरकारसँग समन्वय गरेर ३०४ औँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाएको छ । विशेषगरी पूर्वी नेपालको ऐतिहासिक पहिचान बोकेका साँगुरीगढी र विजयपुरगढीको ऐतिहासिक महत्व उजागर गर्दै संरक्षणको सन्देश दिन नेपाली सेनाको इटहरीस्थित भगवती दल र धनकुटास्थित भीमदल गण को सक्रियतामा कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली सेनाले धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा विजयपुरगढीदेखि साँगुरीगढी गाउँपालिकासम्म म्याराथुन दौड प्रतियोगिता आयोजना गरेको छ भने सेनाकै सक्रियतामा ऐतिहासिक मार्ग हुँदै पैदलयात्रा कार्यक्रम समेत सम्पन्न गरिएको हो ।
सरकारले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदासहित देशभर भव्य कार्यक्रम आयोजना गरिरहेका बेला, ऐतिहासिक महत्व बोकेका विजयपुरगढी र साँगुरीगढीलाई केन्द्रमा राखेर स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रम आयोजना गर्नु आफैंमा अर्थपूर्ण रहेको आयोजकले बताएका छन् ।
यस प्रकारका कार्यक्रमले ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा ठूलो सहयोग पुग्ने धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा ले जानकारी दिनुभयो । उहाँले इतिहाससँग जोडिएका स्थलको पहिचान र संरक्षणबिना समृद्ध पर्यटनको कल्पना गर्न नसकिने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विगतमा राष्ट्रिय एकता दिवसको अवसरमा साँगुरीगढी गाउँपालिकाले छुट्टै कार्यक्रम आयोजना गर्दै आएको भए पनि, यस वर्षदेखि ऐतिहासिक क्षेत्रको संरक्षणसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साँगुरीगढी र विजयपुरगढीलाई जोडेर नेपाली सेनाले दुवै स्थानीय सरकारलाई समेट्दै कार्यक्रम आयोजना गर्नु अत्यन्तै महत्वपूर्ण रहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई ले जानकारी दिनुभयो । उहाँले यसले इतिहास, पहिचान र विकासलाई एकै ठाउँमा जोड्ने काम गरेको बताउनुभयो ।
नेपाली सेनाले आयोजना गरेको कार्यक्रमले नेपालको ऐतिहासिकतालाई उजागर गर्नुका साथै पुरातात्विक सम्पदाको संरक्षण अभियानमा समेत टेवा पुग्ने धरान उपमहानगरपालिकाका समाजसेवी प्रा.डा. राजेन्द्र शर्मा ले बताउनुभयो । उहाँले विजयपुरगढी र साँगुरीगढीजस्ता स्थललाई राष्ट्रिय पहिचानका केन्द्रका रूपमा विकास गर्न तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
साँगुरीगढी गाउँपालिका–१ बुधिमोराङमा अवस्थित मोराहाङ् दरबारका अवशेष यस क्षेत्रको प्रमुख पुरातात्विक सम्पदाका रूपमा परिचित छन् । पुरानो राजा मोराहाङको राजकीय आवास तथा राज्य सञ्चालन केन्द्रका रूपमा मानिने उक्त स्थलमा आज पनि दरबारका भग्नावशेष, ‘सुलिकोट’ भनिने स्थान, राजा घोडा बाँध्ने ढुंगाका स्तम्भ तथा सिक्का र अन्त्येष्टासँग सम्बन्धित पुरातात्विक सामग्री भेटिने गरेको स्थानीय बताउँछन् । यद्यपि यी सम्पदाहरू अझैसम्म औपचारिक रूपमा संरक्षित स्थल घोषणा नभएकाले जोखिममा परिरहेका छन् ।
यस्तै, विजयपुरगढीलाई पूर्वी नेपालको लिम्बुवान क्षेत्रको ऐतिहासिक राजधानीका रूपमा लिइन्छ । १३ औँ शताब्दीदेखि स्थानीय राजाहरूले शासन सञ्चालन गरेको मानिने विजयपुरगढी धरानको उच्च भूभागमा अवस्थित थियो । यहाँ दरबार र पर्खालका भग्नावशेष, ढुंगा र इँटाका संरचना, हतियार तथा युद्धमा प्रयोग गरिएका तोपका अवशेषहरू आज पनि भेटिन्छन् । तर अव्यवस्थित बसोबास, अतिक्रमण र संरक्षणको अभावले यस क्षेत्रको पुरातात्विक महत्व संकटमा परेको सरोकारवालाहरूको भनाइ छ ।
इतिहास, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध बोकेका विजयपुरगढी र साँगुरीगढीलाई जोडेर नेपाली सेनाले आयोजना गरेको कार्यक्रमले इतिहास संरक्षण, राष्ट्रिय एकता र पर्यटन प्रवद्र्धनलाई एउटै सूत्रमा बाँध्ने सशक्त सन्देश दिएको सहभागीहरूको विश्वास छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा संरक्षण र प्रवद्र्धन अघि बढाउन सकिए यी ऐतिहासिक स्थलहरू भावी पुस्ताका लागि अमूल्य धरोहरका रूपमा सुरक्षित रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।