धरान । पछिल्ला वर्षहरूमा इलेक्ट्रिक भेकल्स इलेक्ट्रिक सवारी साधनहरुको संख्या बढ्दै गएको पाइएको छ । तर सवारी साधन विक्री वितरणपछि कम्पनीहरुले अन्य कुरामा वेवास्ता गर्ने गरेको यातायात व्यवसायीहरुले गुनासो पोखेका छन् ।
प्छिल्लो समयमा इलेक्ट्रिक भेकल्स अन्तर्गतको दुई पांग्रे, तीन पांग्रे तथा चारपांग्रे साना तथा ठूला सवारी साधनको प्रयोग बढ्दै गएको छ । वातावरणीय हिसाबले समेत अत्यन्तै उत्तम मानिए पनि कम्पनीले विभिन्न सुरक्षाका योजनाहरुलाई वेवास्ता गर्दै सवारी साधन विक्री वितरणमा मात्र सीमित राख्ने गरेको बताएका हुन् ।
धरान १५ मा समेत सिजी कम्पनीले इभी सवारी साधनको कम्पनीको शाखा उद्घाटनका अवसरमा व्यवसायीहरुले यस्तो बताएका हुन् ।
‘उदघाटनका अवसरमा बोल्दै सिजी कम्पनीका मार्केटिङ प्रमुख शिशिर सुवेदीले इभी सवारी साधन सुरक्षित छैन भन्ने हल्ला मित्थ्या भएको बताउदै सवारी चालकहरुलाई चार्जिङदेखि लिएर सबै कुरा सिकाइने गरेको बताउनुभयो ।
लामो समयदेखि यातायात व्यवासाय गर्दै आउनु भएका धुव्र घिमिरेले यातायात मजदुर पाउनै छाडेको अवस्थामा इन्धनको बचतसँगै वातावरणमै इभी सवारी साधन अन्य सवारी साधनको विकल्प बनेको बताउनुभयो ।
इभी सवारी साधनको संख्या छोटो समयमै निकै बढेको पाइन्छ ,विशेषगरी सन् २०२३–२४ मा लगभग ११ हजार ७ सय १ इलेक्ट्रिक कार र जीपहरू नेपालमा आयात भए जुन अघिल्लो वर्षभन्दा लगभग तीन गुणा बढी हो । अनुमानित रूपमा नेपालमा हजारौं इभी सञ्चालनमा छन्, जसमा इलेक्ट्रिक रिक्शा, माइक्रोबस, निजी इभी र सार्वजनिक बसहरू समावेश छन् ।
तर जति जति बढ्दै जान्ँछ त्यति त्यति समस्या समेत हुदै गएको यातायात व्यवसायीहरु बताउँछन् । नेपाल यातायात व्यवसायी महासंघ कोशी प्रदेशका सयोजक सरोज श्रेष्ठले पछिल्लो समय धेरै कम्पनीहरु सवारी साधन ल्याउने विक्री गर्ने ध्येयमात्र बोकेर आएको यथार्थ बताउनुभयो । ती कम्पनीले त्यसबाहेकका जिम्मेवारी नलिने परम्परा बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
सरकारी नीति र कर छुटले इभी सवारी साधनको मांग बढेको छ, र केही स्थानीय संस्थाहरूले इभी बिक्री र चार्जिङ सर्भिसहरू विस्तार गरिरहेका छन् । इभी सवारी साधन जति भित्रिदै गएका छन् देशभर चार्जिङ स्टेशनहरू देशभर बढ्दै गएका छन्, तर पनि अझै पर्याप्त भने छैनन् । उपलब्ध डेटा अनुसार, सातै प्रदेशमा चार्जिङ स्टेशनहरु छन्, तर अधिकांश शहर÷राजमार्ग आसपास मात्र कभरेज भएको पाइएको छ ।
चार्जिङ समयमा लामो पर्खाइ ३० मिनेट देखि १ घन्टा चार्ज गर्दा मात्र व्यट्री फूल चार्ज हुने भएकोले अन्य स वारी साधनको जस्तो जहाँसुकै पम्पहरु नहुदा चार्जिङ विन्दुमा पुगेर चार्ज गर्दा समयमै गन्तव्यमा नपुग्ने त छँदै छ पर्याप्त चार्जिङ बिन्दुको अभावले इभी उपयोगमा असुविधा भने अझै कायम रहेको व्यवसायी तथा यात्रुहरुको धारणा रहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।