धरान । नेवार समुदायको मौलिक परिकार यमरी र सांस्कृतिक पहिचानको संरक्षण–प्रवद्र्धन गर्ने उद्देश्यले धरानमा छैटौँ यमरी उत्सव भव्य रूपमा सुरु भएको छ । मङ्सिर २७ देखि २९ गतेसम्म चल्ने यो उत्सव धरान–३ अन्तर्गत शंखरधर साख्वा, चन्द्रपुर बजार, चिनियाँ चोक र जल्पा रोड क्षेत्रमा उत्सव सञ्चालन रहेको छ ।
उत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डल ले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विविध भेषभूषायुक्त देश भएको उल्लेख गर्दै नेवार समुदायले नेपालको निर्माण र सांस्कृतिक पहिचानमा पु¥याएको ऐतिहासिक योगदानको स्मरण गर्नुभयो । प्रदेश सरकारले भाषा, भेषभूषा र संस्कृतिको जगेर्नामा निरन्तर पहल गरिरहेको उहाँको भनाइ थियो ।
मन्त्री मण्डलले यमरीलाई नेवार संस्कृतिको सशक्त प्रतीकका रूपमा चित्रित गर्दै पर्यटन विकासका लागि संस्कृति, प्रकृति र विकास—यी तीनै पक्षको सन्तुलित प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।
उत्सवको आकर्षणका रूपमा ५ फिट अग्लो यमरीसहितको ¥यालीले धरानका मुख्य बजार परिक्रमा गरेको थियो । उत्सवस्थलमा विशाल यमरीलाई आकर्षक ढंगले सजाएर राखिएको छ । तीन दिनसम्म चल्ने कार्यक्रमअन्तर्गत घर–घरमा यमरी राख्ने परम्पराको प्रदर्शन, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत भेषभूषा शोकेस र नेवारी खानाका स्टलहरू सञ्चालनमा छन् ।
यःमरी पुन्ही नेवार समुदायको महत्वपूर्ण पर्व हो । यस उत्सवले स्थानीय संस्कृति जगेर्ना, परम्परा संरक्षण र समुदायगत पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजक पासा ः खल धरानले लिएको छ ।
उत्सवकै अवसरमा नेवार समुदायका सामाजिक व्यक्तित्वहरू— ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, डाक्टर सन्दीप बज्राचार्य तथा फुटबलका लेजेण्ड राजु काजी शाक्य—लाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।