विराटनगर, मंसिर २२ गते ।
झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका ९ का सायर घिमिरे, सुशिल घिमिरे र पुर्र्णीमा पराजुलीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसै गरी इलाका प्रहरी कार्यालय दमकले दमक ५ का निरज मुखियालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागूऔषध ट्रामाडोल २७ क्याप्सुल र डाईक्लोमाइन २६ ट्याबलेट सहित उनकै घरबाट पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे १ का देव लिम्बुलाई १६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा)ले धरान १३ का गंगाराज राईलाई लागू औषध २३ एम्पुल सहित नियन्त्रणमा लिएको हो ।
सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका ११ बाट प्रहरी चौकी मधुवनले १९ किलोग्राम गाँजा सहित कोशी गाउँपालिका ६ का रामनाथ यादव र भारत बिहारका भुषण कुमार यादवलाई प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणम लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ४ बाट धनकुटा साँगुरिगढी गाउँपालिका १० का बिरेन्द्र राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यसतै ६७८ किलोग्राम गाँजा बोकेको ट्रक सहित २ जना पक्राउ
मोरङको रतुवामाई नगरपालिका १ स्थितबाट ६७८ किलोग्राम लागू औषध गाँजा बोकेको ट्रक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००१ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा फल्स डाला जोडी लुकाई छिपाई राखेको अबस्थामा ६७८ किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो । गँजा बरामद भए संगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका २ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका १ का विक्रम विशुङ्खेलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।