विराटनगर, मंसिर ११ गते ।
कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालयको यही मंसिर ८ गतेको निर्णय अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले मंसिर ११ गते कार्यभार सम्हाल्नु भएको हो ।
वहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका महानिर्देशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सहित प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो ।
पदभार ग्रहण पश्चात् प्रहरी नायव महानिरीक्षकले कार्यालयको सभाहलमा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूका साथै भर्चुअल माध्यद्वारा उपस्थित जिल्ला प्रहरी प्रमुखहरू लगायत मुद्धा चल्ने इकाईहरुका प्रमुखहरुलाई जस्तो सुकै विषम परिस्थितिमा समेत अग्र पङ्क्तिमा रहेर उच्च मनोबलका साथ समाजमा अपराध नियन्त्रण गरी शान्ती सुरक्षा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
कायक्रममा बोल्दै प्रहरी प्रमुखले ७० वर्षको लामो इतिहास बोकेको प्रहरी सङ्गठन बिभिन्न प्रकारका आरोह अवरोहको सामना गर्दै कानून कार्यान्वयन गरी देश र जनताको सेवामा समर्पित रहदै आएको छ । राज्यको उपस्थिति नै प्रहरी हो, प्रहरी विनाको समाज अकल्पनिय हुन्छ त्यसैले समय परिस्थिति अनुसार आफूमा बदलाव ल्याई सामूहिक भावना, भातृत्व, सहकार्य, समन्वयका साथ प्रविधिको उच्चतम् प्रयोग गर्दै सङ्गठनको गरिमा सदैव उच्च राखी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । साथै वहाँले राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्न र कानून बिपरित काम गर्नेलाई तत्काल कारवाही गर्न समेत निर्देशन दिनु भएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।