खोटाब
, १७ जेठ
खोटाबको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने दिखुवा
खोलामा मोटरेबल पुल बन्ने भएको छ । दिक्तेल–
खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा बन्ने पुलका शनिबार
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शिलन्याश
गरे ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको
सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी
साधान आवतजावतमा समस्या थियो । प्रदेश सडक पुल सहयोग इकाई ईटहरी
र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय
गाइघाटको साझेदारीमा मोटरेबल पुल बन्न लागेको हो ।
पुल निर्माणको लागि करिब ५ करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार
मन्त्रालयको अनुमान छ । ट्रष्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट
प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराउने छ । उक्त
पुलका लागि करिब २ करोड बढीको स्टिल ट्रष्ट तयार पारिसकिएको प्रदेश
सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सुर्य नारायण चौधरीले
बताउनुभयो । शिलान्यासको दिन शनिबारनै केही स्टिल ट्रष्ट पुल निर्माण
स्थलमा पुर्याएको छ । बाँकी क्रमशः ल्याउने प्रमुख चौधरीको
भनाइ छ ।
कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको
काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी
दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन
दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–
महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।
दिखुवा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएर दिक्तेल–
खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा
खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज
हुने स्थानीय व्यवसायी बताउँछन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।